IME Life

बीमा कम्पनीकाे कूल लगानीकाे १‌.३५ प्रतिशत मात्र कृषि, पर्यटन र हाइड्राेपावरमा, कसकाे कति

SPIL
NIC ASIA

काठमाण्डाै‌ । नेपाल सरकारले राष्ट्रिय प्राथमिकताकाे क्षेत्रकारुपमा पहिचान गरेकाे कृषि, जलविद्युत र पर्यटन सेवा क्षेत्रमा बीमा कम्पनीले सात अर्ब पचास कराेड रूपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले जारी गरेकाे चालू आर्थिक वर्षकाे पहिलाे त्रैमासिक विवरण अनुसार जीवन, निर्जीवन र पूनर्बीमा कम्पनीमध्ये याे क्षेत्रमा जीवन र निर्जीवन बीमा कम्पनीले मात्र याे क्षेत्रमा लगानी गरेका छन् ।

बीमा प्राधिकरणले सार्वजनिक गरेकाे तथ्यांक अनुसार जीवन बीमा कम्पनीले कूल लगानीकाे १.४४ प्रतिशत हिस्सा र निर्जीवन बीमा कम्पनीले कूल लगानीकाे ०.५६ प्रतिशत हिस्सा मात्र कृषि, जलविद्युत र पर्यटन सेवा पूर्वाधारकाे क्षेत्रमा लगानी गरेका छन् । जीवन र निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षकाे पहिलाे त्रैमाससम्ममा गरेकाे कूल लगानी ५ खर्ब ५१ अर्ब रूपैयाँमा कृषि, पर्यटन र जलविद्युत पूर्वाधार क्षेत्रमा भएकाे लगानीले जम्मा १‍.३५ प्रतिशत हिस्सा ‌ओगटेकाे छ।

Prabhu
Crest

बीमा प्राधिकरणले २०७९ मंसिर २० गते पारित गरी पाैष महिनामा सार्वजनिक गरेकाे बीमककाे एकीकृत लगानी सम्बन्धी निर्देशिकामा जीवन बीमक, निर्जीवन बीमक र पूनर्बीमकले कूल लगानीकाे १० प्रतिशत रकम कृषि, पर्यटन तथा जलविद्युतलगायतका पूर्वाधार निर्माणमा लगानी गर्न सक्ने प्रावधान छ । प्राधिकरणले यसअघि यस्ताे लगानीका लागी टेक्निकल रिजर्भलाई आधार मान्दै आएकाेमा पछिल्लाे पटक निर्देशिका स‌ंशाेधन गरेर कूल लगानीकाे आधारमा कृषि, उत्पादन, शित भण्डार गृह, पर्यटन उद्याेग, जलविद्युत, साैर्य उर्जा, नविकरणीय उर्जा परियाेजना, केबलकार, सडक, विद्युत प्रशारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीकाे विकल्प खुल्ला गरेकाे छ ।

जीवन बीमा कम्पनीले चालू आव २०७९।८० काे पहिलाे त्रैमास (असाेज मसान्त)सम्ममा कूल लगानीमध्ये ७ अर्ब १९ कराेड २५ लाख ७४ हजार रूपैयाँ कृषि, पर्यटन तथा जलविद्युत क्षेत्रमा लगानी गरेका छन् । कृषि, पर्यटन तथा जलविद्युत क्षेत्रमा भएकाे लगानीमध्ये जलविद्युत परियाेजनामा तुलनात्मकरूपमा बढी लगानी केन्द्रित रहेकाे छ । जीवन बीमकमध्ये राष्ट्रिय बीमा संस्थानले सर्वाधिक ४ अर्ब ८९ कराेड ६३ लाख ५२ हजार रूपैयाँ याे क्षेत्रमा लगानी गरेकाे छ। नेपाल लाईफ इन्स्याेरेन्सले १ अर्ब ८२ कराेड ७५ लाख रुपैयाँ लगानी गरेकाे छ । त्यसैगरी एशियन लाईफ इन्स्याेरेन्सले १५ कराेड रूपैयाँ लगानी गरेकाे छ। प्राइम लाईफ इन्स्याेरेन्सकाे ९ कराेड १६‍ लाख ६४ हजार रुपैयाँ लगानी छ।

यसैगरी निर्जीवन बीमा कम्पनीले ३० कराेड ६९ लाख ६५ हजार रूपैयाँ कृषि, पर्यटन तथा जलविद्युतलगायतकाे पूर्वाधार निर्माणमा लगानी गरेका छन् । शिखर इन्स्याेरेन्स कम्पनीले सर्वाधिक १९ कराेड ४३ लाख ९१ हजार रूपैयाँ लगानी गरेकाे छ। शिखर इन्स्याेरेन्सले कृषि क्षेत्रसँग सम्बन्धित नेपाल वेयरहाउजिङ कम्पनीलगायतमा लगानी गरेकाे छ।  पूनर्बीमा कम्पनीले अझैसम्म याे क्षेत्रमा लगानी गरेकाे छैन ।

तुलनात्मकरुपमा सुरक्षित हुने र सुनिश्चित प्रतिफल समेत प्राप्त हुने भएकाले बीमा कम्पनीकाे कूल लगानीकाे करिब ८० प्रतिशत रकम बै‌ंक तथा वित्तीय संस्थाकाे मुद्दती निक्षेपमै सीमित हुने गरेकाे छ । नेपाल बीमा प्राधिकरणले लगानीमा विविधतासहित प्रतिफल वृद्धिका लागी बीमा कम्पनीका लागी नविकरणीय उर्जा, पर्यटन र राष्ट्रिय महत्वकाे पूर्वाधार निर्माणमा लगानी गर्न प्राेत्साहन गरेकाे छ ।तर सर्वसाधारणबाट जाेखिम बहन र दीर्घकालीन लगानीवापत स‌ंकलन गरेकाे रकमकाे ठूलाे हिस्सा जाेखिमपूर्ण क्षेत्रमा लगानी गर्दा वित्तीय नाेक्सानी भएकाे अवस्थामा कम्पनीकाे साख खस्किने भएकाले जीवन बीमा कम्पनीले अपेक्षितरूपमा लगानी गर्न सकेका छैनन् ।

गैरसूचीकृत कम्पनीमा झण्डै रू. ४४ कराेड लगानीः

यसैगरी पूँजी बजारमा सूचीकृत भई नसकेका कम्पनीहरुमा जीवन बीमा कम्पनीकाे लगानी ३९ कराेड ८६‍ लाख ९४ हजार रुपैयाँ रहेकाे छ। यीमध्ये एशियन लाईफ इन्स्याेरेन्स कम्पनीले सर्वाधिक ३१ कराेड ९७ लाख ७४ हजार रुपैयाँ लगानी गरेकाे छ । पूँजी बजारमा सूचीकृत नभएका कम्पनीहरुमा जीवन बीमा कम्पनीहरुबाट भएकाे लगानीमध्ये  एशियन लाईफ इन्स्याेरेन्सले गरेकाे लगानी ८०‍.२० प्रतिशत हिस्सा ‌ओगटेकाे छ । दाेश्राे ठूलाे लगानी सरकारी स्वामित्वकाे जीवन बीमा कम्पनी राष्ट्रिय बीमा स‌ंस्थानले ६ कराेड ७१‍ लाख ९५ हजार रूपैयाँ लगानी गरेकाे छ । तेश्राे सर्वाधिक सिटीजन लाईफ इन्स्याेरेन्सले ६९ लाख ४५ हजार रुपैयाँ लगानी गरेकाे छ । त्यस्तै सर्वाधिक राशीकाे जीवन बीमा काेष रहेकाे नेपाल लाईफ इन्स्याेरेन्सले गैरसूचीकृत लिमिटेड कम्पनीमा जम्मा ११ लाख ९५ हजार रुपैयाँ लगानी गरेकाे छ।

निर्जीवन बीमा कम्पनीले गैरसूचीकृत कम्पनीमा ४ कराेड ७४ लाख ३५ हजार रुपैयाँ लगानी गरेका छन् । शिखर इन्स्याेरेन्सले सर्वाधिक ४ कराेड २५ लाख ४५ हजार रुपैयाँ लगानी गरेकाे छ । त्यसैगरी प्रुडेण्सियल इन्स्याेरेन्सले २५ हजार रुपैयाँ लगानी गरेकाे छ । यूनाइटेड र अजाेड इन्स्याेरेन्स प्रत्यकले ११ लाख ९५ हजार रुपैयाँ लगानी गरेका छन् ।

बीमा कम्पनीले लगानी गरेकाे ३ वर्षभित्र यस्ताे कम्पनी दाेश्राे बजारमा सूचीकृत नभएकाे अवस्थामा आफ्नाे सम्पूर्ण लगानी झिक्नुपर्ने कानूनी प्रावधान छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS