IME Life

चेम्बरले स्वागत गर्याे इम्सनको नयाँ कार्यसमितिलाई, आर्थिक एजेण्डामा सहकार्य आवश्यक

SPIL
NIC ASIA

काठमाडौं । आत्म निर्भर अर्थतन्त्र निर्माण अभियानमा रहेका निजी क्षेत्रका भनाइलाई जनमानसमा पुर्याउन इकोनोमिक मिडियासँग सम्वन्धित लगानीकर्ता तथा संचारकर्मीहरुको अहम भूमिका रहने नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बताए । इकोनोमिक मिडिया सोसाइटी नेपालका नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा कार्य समिति सदस्यहरुको सम्मानका लागि नेपाल चेम्वर अफ कमर्सद्धारा आयोजित कार्यक्रममा मल्लले उक्त भनाइ राखेका हुन् ।

सरकारले प्रतिवद्ध गरेका कतिपय सुबिधाहरु व्यवहारमा उपलब्ध हुन सकेको छैन । उक्त प्रतिवद्धताहरु शब्दमा मात्र सिमीत रहेकाले प्रभावकारी कार्यान्वयनका लागि सम्वन्धित पक्षलाइ घच्घच्याउन मिडियाको भूमिका अपरिहार्य रहेको भन्दै उनले आर्थिक एजेण्डामा समान दायित्व भएकोले सहकार्य गर्दै अगाडी वढ्नु जरुरी भएको बताए ।

Prabhu
Crest

सोही अवसरमा इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक नीति निर्माणमा पैरवी गर्ने , आर्थिक मन्दीका सन्दर्भमा निजी क्षेत्रसंग समन्वय गर्ने र निजी क्षेत्रका चुनौतिहरुलाई सम्प्रेषण गर्ने उद्धेश्यले यस संस्थाको स्थापना भएको बताए । उनले संस्थाको भूमिकामा केही कमजोरी भए सुझाव दिन पनि आग्रह गरेका छन् ।

उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल तथा उपाध्यक्ष उर्मिला श्रेष्ठको पनि उपस्थिति रहेको थियो । इकोनोमिक मिडिया सोसाइटी का निवर्तमान अध्यक्ष सिताराम बिलासी, उपाध्यक्ष द्धय सोमनाथ वास्तोला र लोचन खतिवडा महासचिव नारायण पौडेल सचिव हिम बिष्ट, सहसचिव बिष्णु जमरकट्टेल, कोषाध्यक्ष केशव प्रसाद भण्डारी सदस्यहरु मिलन खडका तथा सुरेन्द्र पौडेलको पनि उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS