IME Life

आर्थिक वर्ष ७७/७८ सकिएको डेढ वर्ष बित्दा १४ कम्पनीले घोषणा गरे बोनसदर, कुनका बीमितले कति पाउँछन् ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को लागि १४ जीवन बीमा कम्पनीहरुले नयाँ बोनसदर घोषणा गरेका छन् । बीमा समितिले यी कम्पनीहरुकोे एक्चुअरी भ्यालुएसन स्वीकृत गरेसँगै यी कम्पनीहरुले नयाँ बोनसदर घोषणा गरेका हुन् । अझै ५ बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को बोनसदर घोषणा गर्न बाँकि रहेको छ ।

हरेक वर्ष कम्पनीको एक्चुरियल भ्यालुएसनपछि घोषणा गरेको बोनसदरले सोहि वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा बोनस पाउँछन् । कम्पनीहरुको आर्थिक वर्ष २०७७/७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बीमा समितिबाट पारित भएसँगै कम्पनीहरुले जारी गरेका विभिन्न किसिमका बीमा योजनाहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेका हुन् ।

Prabhu
Crest

हालसम्म नेपाल लाइफ, नेशनल लाइफ, ज्योति लाइफ, मेट लाइफ, एशियन लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, रिलायबल नेपाल लाइफ,आइएमई लाइफ,सिटिजन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ, सानिमा लाइफ, यूनियन लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर घोषणा गरेका छन् ।

कुन कम्पनीको बोनसदर कति ?

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना बीमितहरुलाई अधिकतम ८२ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । सावधिक(सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी) बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको लागि पनि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ६० रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको ८२ रुपैयाँ,३० वर्ष वा सो भन्दा बढि अवधिको ८२ रुपैयाँ कायम भएको छ ।

सावाधिक जीवन बीमालेख(नौलो सुरक्षित जीवन बीमा)मा ० देखि १० वर्ष अवधि,११ देखि १५ वर्ष अवधिको,१६ देखि २० वर्ष अवधिको लागि एउटै बोनसदर ६५ रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८२ रुपैयाँ,३० वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ८२ रुपैयाँ कायम भएको छ ।

सावाधिक तथा आजीवन बीमालेख (जीवन साहारा)मा० देखि १० वर्ष अवधि,११ देखि १५ वर्ष अवधि र १६ देखि २० वर्ष अवधिको लागि एउटै बोनस ६० रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८२ रुपैयाँ,३० वर्ष वा सो भन्दा बढि अवधिको लागि ८२ रुपैयाँ कायम भएको छ ।

अग्रिम भुक्तानी सावाधिक बीमालेख (जीवन समृद्धि) बीमा योजनामा १५ वर्षे अवधिको लागि ५६ रुपैयाँ,२० वर्षे अवधिको लागि ५८ रुपैयाँ बोनस कायम गरेको छ । अग्रिम भुक्तानी सावधिक(धन वर्षा १५, धन वर्षा २०, नौलो जीवन समृद्धि, जीवन उन्नती, नौलो धन वर्षा,जीवन शान्ति,छोराछोरी र सदाबहार जीवन बीमा योजनामा कम्पनीले एकै किसिमको ६० रुपैयाँ बोनसदर दिनेछ । अन्य जीवन सारथी बीमा योजनामा ० देखि १० वर्ष,११ देखि १५ वर्ष,१६ देखि २० वर्ष अवधिको लागि एउटै ६० रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८२ रुपैयाँ र ३० वर्ष वा सो भन्दा बढि अवधिको लागि ८२ रुपैयाँ कायम भएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी

सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ, २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

सावाधिक तथा आजीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको ३६ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५७ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्ष अवधिको लागि ५० रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि ५८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि र ६५ रुपैयाँ,२५ वर्ष अवधिभन्दा माथिको लागि ८० रुपैयाँ बोनसदर कायम गरेको छ । त्यस्तै, प्राइम जीवन उपहार(अग्रिम भुक्तानी) योजनामा१६ वर्षे अवधिमा ४२ रुपैयाँ र प्राइम जीवन उपहार (सावाधिक) जीवन बीमा योजनामा ४० रुपैयाँ बोनसदर कायम गरेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ,१० देखि १४ वर्ष अवधिको ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथि अवधिको लागि ७५ रुपैयाँ बोनसदर कायम भएको छ ।

लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कामय गरेको छ । रिलायबल सजिलो जीवन बीमा योजना(एकल तथा सिमित अवधि भुक्तानीको हकमा कम्पनीले सबै बीमा अवधिको लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ ।
रिलायबल सुलभ जीवन बीमालेखमा पाँच देखि ९ वर्ष अवधिसम्मको लागि २४ रुपैयाँ,१० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि र ४० रुपैयाँ बोनसदर कायम भएको छ ।

रिलायबल उच्च शिक्षा योजना(बाल बच्चाको सावाधिक बीमालेख)मा पाँच देखि १४ वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथि अवधिको लागि ६५ रुपैयाँ बोनसदर कायम भएको छ ।सावाधिक तथा आजीवन बीमा योजनामा पाँच देखि ९ वर्ष अवधिसम्मको लागि ३० रुपैयाँ,१० देखि १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथि अवधिको लागि ५० रुपैयाँ बोनसदर छ ।

रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा १०,१२ र १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिको लागि र ५५ रुपैयाँ बोनसदर कायम भएको छ । रिलायबल समुन्नती जीवन बीमा योजनाको सबै बीमालेखमा २० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी

सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष अवधि,१० देखि १४ वर्ष अवधिको, १५ देखि २० वर्ष अवधिको लागि एउटै बोनसदर ६४ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको लागि ७० रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्मको लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिको लागि पनि कम्पनीले ८५ रुपैयाँ बोनसदर दिनेछ ।

सावधिक तथा आजीवन बीमालेखमा ० देखि ९ वर्ष अवधिको, १० देखि १४ वर्ष अवधिको,१५ देखि २० वर्ष अवधिसम्मको लागि एउटै बोनसदर ६४ रुपैयाँ, २१ देखि २६ वर्ष अवधिसम्मको लागि ७० रुपैयाँ र २६ वा सोभन्दा माथि अवधिका लागि ८५ रुपैयाँ बोनसदर कायम गरेको छ ।अग्रिम भुक्तानी सावधिक तथा आजीवन बीमालेखमा ० देखि ९ वर्ष अवधिको र १० देखि १४ वर्ष अवधिसम्मको लागि ६३ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिर २० देखि २५ वर्ष अवधिका लागि ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

मेट लाइफ इन्स्योरेन्स (नेपाल)

सावधिक जीवन बीमालेख (इन्डोमेन्ट प्लान)मा १ देखि १५ वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि ८० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

शिक्षा संरक्षण जीवन बीमालेख (एजुकेशन प्रोटेशन प्लान)मा १ देखि १५ वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ,१६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि ८० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ५५ रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि ६५ रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको,१० देखि १४ वर्ष अवधिको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ४८ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ र ३० वा सोे भन्दा बढि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ कायम भएको छ ।

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको र १० देखि १४ वर्ष अवधिसम्मको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँत्यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) जीवन बीमालेखको सबै अवधिमा एउटै २० रुपैयाँ बोनसदर कायम गरेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी

ज्योति लाइफले विविभन्न बीमालेखहरुमा न्युनतम रुपैयाँ २० देखि ७५ रुपैयाँसम्म घोषणा गरेको हो । सावधिक जीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सावधिक तथा आजीवन बीमालेखमा ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक तथा आजीवन बीमालेखमा ७५ रुपैयाँ बोनसदर तोकेको छ ।अग्रिम भुक्तानी बीमालेखमा १० देखि १४ वर्ष अवधिको लागि ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।

ज्योति ईजी पे बीमालेखमा १० देखि १४ वर्ष अवधिको लागि २० रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ३० रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत १४ वर्षे अवधिसम्मको ५० रुपैयाँ, १५ देखि १९ वर्षे अवधिको ५५ रुपैयाँ, २० देखि २४ वर्षे अवधिको ६० रुपैयाँ र २५ वा सोभन्दा बढीका अवधिको ७५ रुपैयाँ बोनसदर कायम गरिएको छ। बालबालिकाको सावधिक तथा अन्य सावधिक जीवन बीमा योजनाको बोनश दर ५० देखि ६० रुपैयाँ कायम गरिएको छ। १४ वर्षे अवधिसम्मको ४० रुपैयाँ, १५ देखि १९ वर्षे अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्षे अवधिको ५३ रुपैयाँ र २५ वर्षे वा सोभन्दा बढी अवधिको लागी ६० रुपैयाँ बोनसदर रहेको छ ।

बीमा अवधि पुरा नहुँदै निश्चित किस्तामा रकम फिर्ता पाइने अग्रिम भुक्तानी सावधिक बीमा योजनामा १० र १२ वर्षेको ५० रुपैयाँ, १५ वर्षेको ५५ रुपैयँँ,१८ वर्षेको ६० रुपैयाँ,२० वर्षेको ६५ रुपैयाँ र २५ वर्षेको ७० रुपैयाँ तोकिएको छ।

नवरत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभको हकमा १४ वर्षे अवधिसम्मको ४० रुपैयाँ, १५ देखि १९ वर्षे अवधिको ४२ रुपैयाँ, २० देखि २४ वर्षे अवधिको ५० रुपैयाँ र २५ वर्षे वा सोभन्दा बढी अवधिको ६० रुपैयाँ बोनसदर रहेकोछ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीको अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० देखि १४ वर्ष अवधि र १५ देखि १९ वर्ष अवधिको लागि ४२ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५२ रुपैयाँ,२५ देखि २९ वर्ष अवधिको लागि ६० रुपैयाँ कायम गरेको छ । सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि र ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४१ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५४ रुपैयाँ १५ देखि २९ वर्ष अवधिको लागि ६० रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सावाधिक तथा आजीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५६ रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको लागि ६० रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

चौरासी पुजा अग्रिम नियमित भुक्तानी बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, र २५ देखि २९ वर्ष अवधिको लागि ६५ रुपैयाँ कायम गरेको छ ।चौरासी पुजा अग्रिम एकल भुक्तानी बीमालेखमा १० देखि १४ वर्ष अवधिसम्मको लागि ७५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ८० रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ८५ रुपैयाँ, र २५ देखि २९ वर्ष अवधिको लागि ९० रुपैयाँ कायम गरेको छ ।

सिटिजन लाइफ

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पोलिसीमा न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । अग्रिम भुक्तानी (सावधिक रेगुलर जीवन बीमालेख) मा १० देखि १४ वर्ष अवधिसम्मको ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४९ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

त्यस्तै, सावधिक (रेगुलर) जीवन बीमालेखमा ० देखि ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ, त्यसैगरी सिटिजन शुभारम्भ (सावाधिक प्लस) योजना सावाधिक बीमालेखमा ० देखि ९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ३८ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६० रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष अवधिको लागि २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३० रुपैयाँ, २० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ३५ रुपैयाँ, सावधिक तथा आजीवन बीमालेख(सिटिजन सारथी जीवन बीमा योजना) मा ० देखि ९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ३८ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ५७ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सन नेपाल लाइफ

कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ । सनलाइफ सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि पनि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ६० रुपैयाँ, र २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि ७५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक) मा ९ वर्ष अवधिसम्मको लागि ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा) मा १० देखि १४ वर्ष अवधिको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन) मा ९ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवनमा कम्पनीले सबै बीमा अवधि (१५०)मा प्रति हजार ३६ रुपैयाँ बोनसदर कायम गरेको छ । सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत) मा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २५ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।

धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा मा १ देखि ९ वर्ष अवधिको लागि प्रति हजार २० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २५ रुपैयाँ तथा २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।

रिलायन्स लाइफ

कम्पनीले जारी गरेका ७ किसिमका बीमा योजनाहरुमा न्युनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । सावधिक बीमा योजनाको ९ वर्ष अवधिको प्रतिहजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको बीमा योजना खरिद कर्ताले ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको योजना खरिद कर्ताले ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको योजना खरिद कर्ताले ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा धेरै अवधिको योजना खरिद कर्ताले भने प्रति हजार ७५ रुपैयाँ प्राप्त गर्नेछन् ।

सावधिक तथा आजीवनको ९ वर्ष अवधिमा ३० रुपैयाँ १० देखि १४ वर्ष अवधिमा ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिमा ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिमा ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा धेरै अवधिमा ६० रुपैयाँ प्राप्त गर्नेछन् । अग्रिम भुक्तानी सावधिकमा १५ देखि १९ वर्ष अवधिमा ४१ रुपैयाँ र २० देखि २४ वर्ष अवधिमा ४५ रुपैया प्राप्त गरेका छन् ।वार्षिक अग्रिम भुक्तानी(मुद्दति नियमित शुल्क बीमा योजनाको ९ वर्ष अवधिमा २४ रुपैयाँ,१० देखि १४ वर्ष अवधिमा ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिमा २४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिमा २४ रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् ।

वार्षिक अग्रिम भुक्तानी मुद्दती एकल बीमा शुल्कको सबै बीमा अवधिमा ५४ रुपैयाँ बोनसदर प्राप्त गरेका छन् । सामुहिक सावधिक जीवन बीमा योजनामा १५ देखि १९ वर्ष अवधिमा १९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिमा १९ रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् । सिमित भुक्तानी सावधिक बीमा योजनामा १० देखि १४ वर्ष अवधिमा ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिमा ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५२ रुपैयाँ र २५ वर्ष अवधिको लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

यूनियन लाइफ

यूनियन लाइफलेले न्युनतम प्रति हजार २० रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । सावधिक तथा बालबच्चा सावाधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिसम्मको लागि २९ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ३८ रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७१ रुपैयाँ कायम भएको छ ।

सिमित भुक्तानी सावधिक जीवन बीमा योजना(एकल)मा १० देखि १४ वर्ष अवधिसम्मको लागि २६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि २८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ३१ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ४१ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
सिमित भुक्तानी सावधिक जीवन बीमा योजनामा १० देखि १४ वर्ष अवधिको लागि पनि ३९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ३९ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सावाधिक तथा आजीवन जीवन बीमा योजनामा ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३९ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४९ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ७३ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सिमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजनामा ९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ,१० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि ५० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनसदर कायम गरेको छ ।

वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनामा ९ वर्ष अवधिसम्मको लागि ९ रुपैयाँ,१० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि २२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार २७ रुपैयाँ बोनसदर कायम भएको छ । त्यस्तै, अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि २४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ३० रुपैयाँ, २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ४१ रुपैयाँ बोनसदर कायम भएको छ ।

त्यस्तै, जीवन आधार जीवन बीमा योजना र जीवन सम्पन्न बीमा योजनामा कम्पनी सबै अवधिका योजनाहरुमा एउटै बोनसद कायम गरेको छ ।

सानिमा लाइफ

कम्पनीले न्युनतम २० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ । सवाधिक जीवन बीमा योजना(रेगुलर) मा ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

सवाधिक जीवन बीमा योजना(एकल) मा ० देखि ९ वर्ष अवधिको लागि ३५ रुपैयाँ , १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ । त्रिपल सवाधिक बीमा योजनामा १० देखि १४ वर्ष अवधिको लागि पनि प्रतिहजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

दम्पति सवाधिक बीमा योजनामा १५ देखि १९ वर्ष अवधिको लागि २० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ । सवाधिक तथा आजीवन बीमा योजनामा ० देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि पनि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४४ रुपैयाँ र २५ वर्षदेखि माथि अवधिको लागि ७० रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

अग्रिम भुक्तानी बीमा योजना यस बीमा पोलिसीको १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४२ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ । त्यस्तै वार्षिक अग्रिम भुक्तानी बीमा योजनाको १५ देखि १९ वर्षको लागि प्रति हजार १९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार २१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीहरुको अर्को बिमाङ्कीय मुल्याङकन बीमा समितिबाट स्वीकृत नभएसम्मको लागि आर्थिक वर्ष २०७६/७७को बोनसदर मुनाफामा सरिक हुने बीमालेखहरुमा, मृत्यु दाबी , पुर्ण वा आंशिक अवधि दाबी भुक्तानी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखहरुमा यस बोनसदर कायम हुने कम्पनीहरुले जनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS