IME Life

हिमालयन रिइन्स्योरेन्स ५ करोड ३० लाखले नोक्सानमा, आक्रामक बजार विस्तारले प्रोभिजनिङ बढ्‍यो

SPIL
NIC ASIA

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ५ करोड ३० लाख रुपैयाँले नोक्सानमा देखिएको छ । कम्पनीको आक्रामक बजार विस्तार सँगै खर्च र नोक्सान बापतको व्यवस्था गर्नु पर्दा नोक्सानमा देखिएको हो । गएको आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमै ४ करोड ७६ लाख रुपैयाँ मुनाफामा देखिएको हिमालयनको यस वर्षमा भने खर्च बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमै कम्पनीले एक अर्ब ९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले व्यवसाय शुभारम्भ गरेकै पहिलो त्रैमाशमा ८ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यस वर्षमा कुल बीमा शुल्क आर्जन भने एक अर्ब १९ करोड छ ।

Prabhu
Crest

व्यवसाय विस्तार सँगै दाबी भुक्तानी गर्न नसक्दा कम्पनीले ठुलो रकम प्रोभिजनिङ गर्नु परेको छ । खुद बीमा शुल्कको अधिकाम्स हिस्सा नेपाल बीमा प्राधिकरणबाट जारी निर्देशिका अनुसार असमाप्त जोखिम बापतको व्यवस्था शिर्षक अन्तर्गत छुट्यादा नोक्सान देखिएको हो । प्राधिकरणले असमाप्त जोखिम बापत एक अर्ब २४ करोड रुपैयाँ बराबरको प्रोभिजनिङ गरेको छ ।

त्यस्तै भुक्तानी हुन बाँकी दाबी बापत पनि ३३ करोड ९२ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । कम्पनीको वित्तीय विवरणमा यस बापत २९ करोड ४९ लाख रुपैयाँ प्रोभिजनिङ गरिएको छ । पहिलो त्रैमाशिक अवधिमा कम्पनीले २ करोड ९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।  कम्पनीको चुक्ता पूँजी ७ अर्ब रुपैयाँ छ । जगेडा कोषमा ७ करोड ८३ लाख रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS