IME Life

साधना लघुवित्तले डाक्यो साधारण सभा, लाभांश सहित यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा होटल गोरखा बिसौनी गोरखा ननगरपालिका–६ गोरखामा बिहान ११ः३० बजे शुरू हुने कम्पनीले जनाए को छ ।

कम्पनीले गत आथिृक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी सभाले लघुवित्त भविष्यमा कुनै लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले अध्यक्षले प्रस्तुत गर्ने गत आथिृक वर्षको वित्तीय विवरण, नाफा नोक्सान, हिसाब नगद प्रवाह लगायतका वित्तीय प्रस्तावहरु पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%

खुसी

0%

दु :खी

13%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS