IME Life
Beema Board

मेगा बैंककी सिइओ खुञ्जेलीले कार्यकालको अन्तिम वर्षमा बुझिन् एक करोड ७४ लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेगा बैंकबाट गत चैतमा राजिनामा दिएकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले गत आर्थिक वर्षमा एक करोड ७४ लाख रुपैयाँ बुझेकी छिन् । खुञ्जेलीले गत चैतमा ४ वर्षे कार्यकाल पुरा गरेर राजिनामा दिएकी थिइन् ।

यस अवधिमा खुञ्जेलीले तलब बापत एक करोड रुपैयाँ बुझेकी छिन् । त्यस्तै भत्ता बापत १९ लाख ४२ हजार रुपैयाँ प्राप्त गरेकी छिन् । उनको सञ्चयकोषमा २ लाख ३७ हजार रुपैयाँ जम्मा भएको छ । नियम अनुसार दशै भत्ता ८ लाख ५० हजार रुपैयाँ प्राप्त गरेकी छिन भने बोनस र वयलफेयर बापत ४० लाख ४३ हजार रुपैयाँ र इन्धन बापत तीन लाख ७५ हजार रुपैयाँ बुझेकी छिन् । यस बाहेक उनले नियम अनुसार गाडी सुविधा, चालक, मोबाइल खर्च, बीमा प्रपात गरेकी छिन् । उनि नेपालकै बैंकिङ क्षेत्रकी पहिलो महिला सिइओ हुन् ।

Prabhu
Crest

बैंक व्यवस्थापकले दोस्रो कार्यकालका लागि दोहोर्याउन नचाहे पछि कार्यकाल सकिनु भन्दा केहि दिन अगाडी राजिनामा दिएर बाहिरिएकी थिइन् । अहिले बैंकको एक्टिङ सिइओमा रविना देशराज श्रेष्ठ छिन् । बैंकले आज १२ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक सँग मर्जरको अन्तिम तयारीमा रहेको छ । मर्जरकै कारण बैंकले विगत ७/८ महिनादेखि नयाँ सिइओ नियुक्त नगरी बसेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS