IME Life

कालिका पावरको लाभांश घोषणा, साधारण सभा पुस २९ गते हुने

SPIL
NIC ASIA

काठमाडौं । कालिका पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफ बाट बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ६९ करोडको १५ प्रतिशतले हुन आउने १० करोड ३५ लाख बराबरको बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै कम्पनीले कर प्रयोजनको लागि ० दशमलव ७८९५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

कम्पनीको सोही बैठकले पुस २९ गते शुक्रबार साधारणसभा पनि आह्वान गरेको छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्ष्ले प्रस्तुत गर्ने गत आर्थिक वर्षको नाफा,नोक्सान हिसाब नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गर्नेछ ।

सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना र स्वतन्त्रबाट १ जना गरी ३ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । आगामी आर्थिक वर्षको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

1671688278788

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS