IME Life

नेप्से र सिडिएससीको नगद लाभांश घोषणा, दुबैले एक अर्ब ३० करोड बाड्दै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज र सिडीएससीले सत प्रतिशत नगद लाभांश घोषणा गरेका छन् । नेप्सेको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते ४१ औ वार्षिक साधारणसभाको आह्वान गरेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण नाफा नोक्सान तथा अन्य आयको विवरण र इक्वीटिमा भएको परिवर्तन सम्बन्धी विवरण नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूची उपर छलफल गरी पारित गर्ने छ ।

Prabhu
Crest

त्यस्तै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्त तथा निजको पारिश्रमिक तोक्नेछ । नेप्सेले सहायक कम्पनी सिडिएस एण्ड क्लियरिङ (सिडिएससी) को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण स्वीकृत गर्नेछ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप नेप्सेको चुक्ता पूँजी एक अर्बको सत प्रतिशतका दरले हुन आउने एक अर्ब रुपैया नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्नेछ ।

त्यस्तै सिडीएससीले पनि पुस २८ गते विहीबार शेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको चौथो तल्लामा बाह्रौ वार्षिक साधारणसभा आह्वान गरेको छ । सिडिएससीको साधारणभाले पनि सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन माथि छलफल गरि पारित गर्ने छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको सत प्रतिशत नगद लाभांश पारित गर्नेछ । हाल सिडिएससीको चुक्ता पूँजी ३० करोड रुपैयाँ छ । नेप्सेले सिडिएससीबाट ३० करोड रुपैयाँ लाभांश लैजानेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

80%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS