IME Life
Beema Board

लगानीकर्ताको मनोबल कमजोर हुँदा छिट्टै करेक्सन, लाभांश घोषणाको लहर चल्दा पनि बढ्न सकेन

SPIL
NIC ASIA

काठमाडौं । लगानीकर्ताको मनोबल कमजोर हुँदा शेयर बजारमा ५.८९ अंकको करेक्सन देखिएको छ । गएका दुई कारोबार दिनमा १७ अंकले सुधार भएकोमा आज भने ५.८९ अंकले घटेको छ । समग्र आर्थिक तथा राजनीतिक गतिविधिका कारण लगानीकर्तामा कन्फिडेन्स छैन । अझै अर्थतन्त्र के हुने हो भन्ने कुराको टुङ्गो छैन । अर्को तर्फ अव बन्ने सरकार कस्तो हुन्छ र यसले आर्थिक मुद्दालाई कसरी अगाडी बढाउछ भन्ने कुरामा अझै अन्योलता नै छ ।

चालु आर्थिक वर्षको ६ महिना सकिनै लाग्दा सूचिकृत कम्पनीहरुको लाभांश घोषणा गर्ने क्रम बढेको छ । अधिकाम्स बैंक वित्तीय संस्थाहरु यहि पुस मसान्तभित्रै लाभांश घोषणाका साथै साधारणसभा सम्पन्न गर्ने योजनामा छन् । कतिपय सूचिकृत कम्पनीहरुले आकर्षक लाभांश घोषणा गरेका छन् भने कतिपयले लाभांश दिनै सकेका छैनन् ।

Prabhu
Crest

अहिले पनि शेयर खरिद गर्दा तोकिएको लाभांश पाउन सकिन्छ । तर अहिले नै लाभांश पाउनका लागि शेयर खरिद गर्दा बुक क्लोज पछि मूल्य समायोजन हुने र त्यस पछि पनि बजार घट्यो भने के गर्ने भन्ने अवस्थामा लगानीकर्ता छन् ।

बुधबार नेप्से सूचक ०.३१ प्रतिशतले घटेर १८६७.२२ अंकमा झरेको छ । १४० वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ६३ वटाको शेयर मूल्यमा सुधार देखिन्छ । बैंकिङ बाहेक सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आएको छ ।

आधिखोला, शिर्जनशिल लघुवित्त, इस्ट्रन हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको शेयर मूल्यमा अत्याधिक सुधार हुने क्रममा सकारात्मक सर्किट लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS