IME Life
Beema Board

नविल बैंकको साधारणसभा पुस २९ गते, कहिलेसम्म किन्नेले पाउलान् ३० प्रतिशत लाभांश ?

SPIL
NIC ASIA

काठमाडौं । नविल बैंकले पुस २९ गते ३८ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले सञ्चालक समितिबाट प्रस्तावित ११.५० प्रतिशत नगद लाभांश र १८.५० प्रतिशत बोनस शेयर सहित ३० प्रतिशत लाभांश पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन २०७८/७९ पारित गर्नेछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वतितीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्नेछ ।

Prabhu
Crest

नविल बैंकको सहायक कम्पनी नविल इन्भेष्टमेन्ट बैंकिङ, नेपाल बंगलादेश क्यापिटल, एनबिबिएल सेक्युरिटिजको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण स्वीकृत गर्नेछ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७९ असार मसान्तमा कायम रहेको चुक्त पूँजीको ११.५० प्रतिशतका दरले हुन आउने २ अर्ब ६२ करोड बराबरको नगद लाभांश स्वीकृतिका लागि सभामा पेश गरिनेछ ।

यस पटको वार्षिक साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्नेछ । बैंकले अधिकृत पूँजी २८ अर्ब पुर्याउने भएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ४ अर्ब २२ करोड बराबरको बोनस शेयर अर्थात चुक्ता पूँजीको १८.५० प्रतिशत पारितका लागि सभामा पेश गर्नेछ । प्रस्तावित बोनस शेयर वितरण पछि बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

साधारणसभा प्रयोजनका लागि पुस १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । प्रस्तावित लाभांश पुस १७ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS