IME Life
Beema Board

नेपाल फाइनान्सले अवितरित हकप्रद शेयर लिलामी मार्फत विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले पुस २० गतेदेखि ११ लाख १६ हजार ६१६ दशमलव १८७ कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । कम्पनीले गत साउन २३ गतेदेखि भदौ ६ गतेसम्म लिलामीमा विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको उक्त शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयरमा माघ ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले दोस्रो पटक अवितरित हकप्रद शेयर लिलामीमा विक्री गर्न लागेको हो । यस शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ ।

Prabhu
Crest

शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल फाइनान्स कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंसँगै शाखा कार्यालय बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखाबाट आवेदन दिन सकिनेछ । साथै प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS