Connect IPS
IME Life

बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेशद्धारा दिपायल सिलगढी नगरपालिकामा बीमा जनचेतनामुलुक अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश धनगढीले दिपायल सिलगढी नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ । प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारिको सभापतित्वमा उक्र कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर उप प्रमुख कलावती महर साउँद, प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकार, कृषि शाखा प्रमुख, जनप्रतिनिधिहरु, स्थानीय अगुवा कृषक, कृषि सहकारि सस्थामा आबद्ध महिला तथा कृषक, बीमा कम्पनीका शाखा प्रमुखहरु, पत्रकारहरु लगायत स्थानीय हरूको ७५ भन्दा बढि सहभागिता रहेको थियो ।

Prabhu
Crest

उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालिले सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागीहरुले कोरोना बीमाको दावि भुक्तानी नपाइएको, बालिहरु जङ्गलि जनावरहरुबाट हुने हानि नोक्सानिको पनि क्षतिपूर्ति पाउनु पर्ने माग गरेका थिए ।

त्यस्तै, कम्पनहरूले बीमा दावि भुक्तानी गर्दा क्षति भन्दा कम रकम दिएको भन्ने गुनासो गरेका थिए । कार्यक्रममा सहभागीहरूले बीमा प्राधिकरणले बीमालाई सहजरूपमा स्थानीय स्तरमा पुर्‍याउन र छिटो दाबि भुक्तानीका लागि सहजिकरण गरिदिनुपर्ने कुरा राखेका थिए ।

कार्यक्रममा सहभागीहरूले राखेका जिज्ञासाको जबाफ प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले दिएका थिए भने बीमा कम्पनीबाट उक्त जिल्ला हेर्ने कम्पनी राष्ट्रिय बीमा कम्पनीका शाखा प्रमुख आदित्य चन्द, एशियन लाइफका शाखा प्रमुख नवराज पण्डित तथा लुम्बिनी जनरल इन्स्योरेन्सका नि शाखा प्रमुख हिक्मत सिङ भण्डारीले समेत सहभागीहरुको जिज्ञासाको समाधान गर्ने र अबको दिनमा कृषकलाई थप सजिलो गरि बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

उक्त कार्यक्रममा उक्त नगरपालिकाकी नगर उप प्रमुख कलावती महर साउँदले बीमा प्राधिकरणलाई बीमा सम्बन्धि कार्यक्रम लिएर आई धेरै कुरा जनाकारी दिएकोमा स्वागत तथा धन्यवाद ज्ञापन गरेकि थिइन ।

साथै नगरपालिकाबाट यहाँका कृषक तथा नगर बासिहरुलाई बीमामा समेट्न आफुले पहल गर्ने कुरा राख्दै यस्तो महत्वपुर्ण कार्यक्रम फेरि पनि यस नगरपािलकामा राख्न अनुरोध गरेकि थिइन ।

कार्यक्रममा प्रदेश प्रमुख ओम बहादुर अधिकारिले स्थानीय तहबाट नगरपालिकाले समेत कृषकहरूको कृषि बीमा गर्दा थप सहुलियत प्रदान गरि कृषि पेशालाई थप आत्मनिर्भर र स्वरोजगार उन्मुख बनाउन र सरकारी सम्पत्ति तथा आम नगरबासिको घर लगायत अन्य सम्पत्तिहरुको अनिवार्य बीमा गर्ने व्यवस्थाका लागि अनुरोध गरेका थिए ।

त्यसैगरी उनले न्यून आय भएका तथा पिछडिएका वर्गलाई बीमामा समेट्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले सुदूरपश्चिम प्रदेशको धनगढीमा लघुबीमा कम्पनी स्थापना गर्न लागिएको कुरा पनि बताएका थिए भने उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने दिपायल सिलगढी नगरपालिका, बिमा कम्पनी, पत्रकार, मेरा टिम लगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन समेत गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS