IME Life
Beema Board

एचआईडिसीएलले आब्हान गर्यो साधारण सभा, लाभांश सहित के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल)ले पुस २६ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैंठक उक्त सभाको मिति तय गरेको हो । कम्पनीले थापागाउँ स्थित अर्पण ब्यान्क्वेटमा सभा गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २६३ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८ / ७९ को लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले श्री महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम चालु आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनीको स्वतन्त्र सञ्चालक पदमा १ जना नियुक्त गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा कम्पनीबाट अटिज्म भएका बच्चाहरुको अवस्था सुधारका कार्यक्रमका लागि अभानी फाउण्डेशन, काठमाण्डौलाई रु। ४ लाख सहयोग रकम भुक्तानी भएकोमा सो को अनुमोदन गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS