SKIP THIS

GBIME
IME Life
Beema Board

लघुवित्त कम्पनीहरुले कति दिँदै छन् लाभांश, हालको बजार मूल्यमा कुनमा प्रतिफल धेरै ? 

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्सेमा सूचीकृत लघुवित्त कम्पनीहरु धेरै भएपनि यो समाचार तयार पार्दासम्म गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ६ लघुवित्त कम्पनीहरुले मात्र लाभांश घोषणा गरेका छन् । आरएमडीसी लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स, साना किसान विकास लघुवित्त, जल्पा सामुदायिक लघुवित्त, आरएसडीसी लघुवित्त र गुराँस लघुवित्तले गत आर्थिक वर्ष ७८/७९ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा लाभांश घोषणा गरेका छन्।

६ कम्पनी मध्ये सबै भन्दा धेरै जल्पा सामुदायिक लघुवित्तले लाभांश घोषणा गरेको छ । जाल्पाले ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै आरएमडीसी र साना किसान विकास बैंक लघुवित्तले समान २६ प्रतिशत बोनस शेयर र १ दशमलव ३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् ।

Prabhu
Crest

फर्स्ट माइक्रोफाइनान्सले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश, आरएसडीसी लघुवित्तले ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश र गुराँस लघुवित्तले ४ प्रतिशत बोनस र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।

हालको बजार मूल्यको आधारमा लाभांश प्रस्ताव गरेका ६ लघुवित्त कम्पनीमध्ये आरएमडीसी लघुवित्तको “डिभिडेण्ड इल्ड” सबै भन्दा धेरै छ । आरएमडीसी लघुवित्तले २६ प्रतिशत बोनस शेयर र १ दशमलव ३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने कम्पनीको बजार मूल्य ९३८ रुपैयाँ छ । पछिल्लो बजार मूल्यको आधारमा कम्पनीको “डिभिडेण्ड इल्ड” २ दशमलव ९२ प्रतिशत छ ।

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

31%

खुसी

8%

दु :खी

46%

अचम्मित

8%

उत्साहित

8%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS