IME Life
Beema Board

एशियन हाइड्रोपावरको आइपीओ आजदेखि विक्री खुला, क-कसले दिन पाउँछन् आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आज मंसिर २७ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको शेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ३ लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि विक्री गर्न लागेको हो ।

Prabhu
Crest

स्थानीयमा वितरण हुने कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नम्बर १० (साविकको गोदाक गाविसको १ देखि ९ सम्मका सम्पूण वडाहरु), माई जोगमाई गाउँपालिका वडा नम्बर ३,४ साविक नाम्सालिङ्ग गाविसको १ देखि ९ सम्मका सम्पूर्ण वडाहरु तथा नयाँबजार गाविसको वडा नम्बर ५० तथा सूर्योदय नगरपालिका वडा नम्बर ११ साविक माघेसुन्तले र तीनघरे गाविसका सम्पूर्ण वडाहरु तथा साविकको सूर्योदय गाविसको वडा नम्बर ३,४ र ५ ० का स्थानीय वासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र उक्त आयोजनाका अति प्रभावित क्षेत्र बाहेकको जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने वासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता शेयर छुट्याइएको छ ।

उक्त शेयर स्थानीय वासिन्दाले छिटोमा पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा पुस २७ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणमा निष्काशन हुने ८ लाख ४० हजार कित्ता शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा गएका नेपालीमा विक्री गर्न लागेको हो ।

दुबै समूहका लगानीकर्ताले यो शेयर खरदीका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

आइपीओ निष्काशनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्गस नेपालले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण कार्यालयसँगै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित स्थानीयको हकमा भने विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै एनएमबि बैंक, सिभिल बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले इलाम जिल्लामा ६ हजार २०० किलोवाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७८ साल कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS