IME Life

युनिलिभर नेपालका प्रवन्ध निर्देशक मुखर्जीको वार्षिक तलब ७ करोड ७५ लाख

SPIL
NIC ASIA

काठमाडौं । दोस्रो बजारमा सूचिकृत कम्पनी मध्ये सर्वाधिक महंगो युनिलिभर नेपालका प्रमुखको तलब सुविधा पनि सर्वाधिक धेरै रहेको छ । कम्पनीका प्रवन्ध निर्देशक अम्लान मुखर्जीले गत आर्थिक वर्ष २०७८/७९ मा ७ करोड ७५ लाख रुपैयाँ तलब तथा भत्ता प्राप्त गरेका छन् ।

बाणिज्य बैंक तथा अन्य कम्पनीका सिइओहरुको समेत तीन चार करोड भन्दा माथि तलब तथा भत्ता छैन । तर भारतिय मुलका मुखर्जीले भने एक वर्षमै ७ करोड ७५ लाख रुपैयाँ बुझेका छन् ।

Prabhu
Crest

अम्लान मुखर्जी युनिलिभर नेपाल लिमिटेडको प्रबन्ध निर्देशकको रुपमा अप्रिल, २०२० देखि काम गर्दै आएका छन् । ग्लोबल र दक्षिण एसियामा साधारण प्रबन्ध, ब्राण्ड म्यानेजमेन्ट, सेल्स र मार्केटिङमा विभिन्न तहको भुमिका निर्वाह गरिसकेका मुखर्जी सँग २८ वर्ष भन्दा बढी कर्पोरेट अनुभव छ । कलकत्ता युनिर्भसिटीबाट बाणिज्यमा स्नातक पछि उनले हिन्दुस्थान युनिलिभर लिमिटेडले प्रायोजन गरेको Business Management Executive Progra सफलतापुर्वक पुरा गरेका थिए ।

हिन्दुस्थान युनिलिभर लिमिटेडबाट भारतको धेरै भागमा उनले विभिन्न भूमिकामा काम गरिसकेका छन् । मार्केटिङ र सेल्समा उनले संस्थागत ठुलो विजिनेस National Police Channel को नेतृत्व लिएपछि देश भरि हिन्दुस्थान युनिलिभर लिमिटेडले गर्ने व्यापारको ६% को योगदान गर्न सफल भई एकदम फाईदा हुने नयां व्यापार संभावना बनाएर व्यापारलाई जिरो देखि ४० मिलियन युरोमा पुयउन सफल भएका थिए ।

उनले मोर्डन फुड,यु.एफ.एस. र आउट अफ होमको जनलर म्यानेजरको जिम्मेवारी सम्हलेर भविष्यलाई चाहिने प्रविधिको एकिन गर्दै भेन्डिङ बिजिनेसलाई दिगो नाफामुलक व्यापारमा पणिरत गरेका थिए । जनरल म्यानेजरको अन्तिम भुमिकामा उनले ईष्ट ईन्डियाको करिब ४०० कर्मचारी भएको र ६०० मिलियन युरो विजनेसको सेल्स विभागको नेतृत्व गरि सो विजनेसलाई निर्णायक प्रतिस्पर्धात्मक वृद्धि गर्न सफल भएका थिए । आफ्नो कार्यकालमा उनले स्थानीय क्याटोगोरीलाई बढावा दिन लोकल एक्टिभेसन मोडल बनाउनुको साथै राष्ट्रिय कस्मेटिक विजिनेस ल्याक्मीको सेल्स विभागको नेतृत्व गरेका थिए । अहिलेको युनिलिभर नेपाल लिमिटेडको प्रबन्ध निर्देशकको भूमिका सहित उनि युनिलिभर दक्षिण एसियाको नेतृत्व टिमको सदस्य हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS