IME Life
Beema Board

माया खोलाले आजदेखि आइपीओ विक्री गर्दै, कति कित्ता दिने आवेन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज मंसिर २३ गतेदेखि आइपीओ निष्काशन गर्दैछ । कम्पनीले पहिलो आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९ का स्थानीय, धर्मदेवी नगरपालिकाका वडा नम्बर ३,४, ५, का स्थानीय र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयलाई ६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

Prabhu
Crest
त्यस्तै प्रभावित क्षेत्रको रुपमा रहेका चैनपुर , धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । २ लाख ४० हजार कित्ता शेयर भने श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकमा विक्री गरिने कम्पनीले जनाएको छ ।

स्थानीयमा निष्काशन गरिएको शेयर छिटोमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा गएको नेपाली नागरिकले भने पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिनेछ भने वैदेशिक रोजगारीमा गएका नेपालीले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

आइपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

विक्री प्रबन्धकसँगै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछ ।

त्यस्तै, वैदेशिक रोजगारमा गएका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS