IME Life

नेशनल लाइफका सबै शाखा आफ्नै भवनमा संचालन गर्छौं : अध्यक्ष सिंह

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले सम्पुर्ण शाखा कार्यालयहरु आफ्नै भवनमा संचालन गर्ने बताएकी छिन् । उनले आफ्नो ३४ औं वार्षिक साधारण सभामा आयोजित कार्यक्रममा यस्तो बताएकी हुन् । उनले भनिन् नेपालगंज स्थित शाखा आफ्नो स्वामित्वमा रहेको जग्गामा भवन निर्माण कार्य शुरु भइरहेको छ । कम्पनीको अन्य शाखाहरु पनि आफ्नै स्वामित्वमा रहेको भवनमा विस्तारै शुरु गर्छौं ।

सोही कार्यक्रममा उनले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने एवं सूचना प्रविधि क्षेत्रलाई अद्यावधिक गर्ने कार्यमा निरन्तर लगानी गर्ने समेत जनाएकी छिन् । उनले भनिन् कम्पनीले बीमितहरुलाई उत्कृष्ट सेवा दिनुको साथै, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु पनि गर्दै आएको छ ।

Prabhu
Crest

कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई एक प्रतिष्ठित गैर सरकारी संस्था एक एक पाईलालाई सिन्धुपाल्चोक जिल्लामा सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न ३ वर्षको लागि वित्तीय सहयोग उपलब्ध गराउन समझदारी गरेको उनले बताएकी छिन् ।

कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत रहेको उनले बताईन् । उनले भनिन् कम्पनीको वार्षिक औसत प्रतिफल सन्तोषजनक छ । सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमिका निर्वाह गरिरहने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क ३५.१५ प्रतिशतले बृद्धि भई रु.१,२५२.४६ करोड पुगेको छ । जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भई रु.४,२०४ करोड पुगेको र कूल लगानी २३.२० प्रतिशतले बृद्धि भई रु.३,९२४.७० करोड पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

10%

अचम्मित

30%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS