IME Life

सामाजिक सुरक्षा काेषले बीमावापतकाे रकम दाबी गर्ने अवधि ताेक्याे, ढिलाे गरे दाबी नदिने

SPIL
NIC ASIA

काठमाण्डाै । सामाजिक सुरक्षा काेषले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतकाे स्वास्थ्य उपचार र दुर्घटना बीमावापतकाे रकम दाबी गर्नकाे लागी समय सीमा ताेकेकाे छ । काेषले सार्वजनिक सूचना प्रकाशन गर्दै अस्पताल भर्ना नभई स्वास्थ्य उपचार गराएकाे अवस्थामा उपचार गराएकाे ९० दिनभित्र दाबी गर्नुपर्ने प्रावधान लागू गरेकाे छ । त्यसैगरी अस्पताल भर्ना भएर उपचार गराएकाे अवस्थामा अस्पतालबाट डिस्चार्ज भएकाे ९० दिनभित्र दुर्घटना भएपछि उपचार गराएकाेमा उपचार गराएकाे वा डिस्चार्ज भएकाे ९० दिनभित्र दाबी गरिसक्नुपर्नेछ ।

यसबाहेक मातृत्व हेरचाह भत्ताकाे लागी शिशु जन्मिएकाे ९० दिनभित्र दाबी पेश गरिसक्नुपर्नेछ । मातृत्व बिदा भत्ताकाे लागी शिशु जन्मिएकाे १२० दिनभित्र दाबी नगरेमा दाबी भुक्तानी नहुने काेषले जानकारी दिएकाे छ ।

Prabhu
Crest

बिरामी बिदा भत्ता वापतकाे रकम दाबीकाे लागी बिरामी भएकाे वा अस्पतालबाट उपचार सकेर घर फर्किएकाे १२० दिनभित्र निवेदन पेश गर्नुपर्नेछ । यसबाहेक अस्थायी असक्षमतावापतकाे भत्ता दाबीकाे लागी काममा फर्किएकाे ९० दिनभित्र दाबी गर्नुपर्ने प्रावधान काेषले लागू गरेकाे छ । यसबाहेक ताेकिएकाे समयसीमासगै  चालू आर्थिक वर्षभित्रकाे दाबी असार २५ गतेभित्रै गरिसक्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS