IME Life

प्रुडेन्सियलमा दुई सञ्चालक नियुक्त, शेयर संरचना अनुसार अझै प्रतिनिधित्व भएन

SPIL
NIC ASIA

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सर्वसाधारण र संस्थापक शेयरधनीहरुको तर्फबाट एक एक जना सञ्चालक नियुक्त गरेको छ । कम्पनीको मंसिर ६ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण समुहबाट सञ्चालक पदमा नमिता शर्मालाई नियुक्त गरेको हो ।

त्यस्तै हिजै बसेको सञ्चालक समितिले संस्थापक समुहबाट सञ्चालक पदमा विवेक बिजुक्छेलाई नियुक्त गरेको छ । कम्पनीले सर्ववसाधारण शेयरधनी तर्फ रिक्त रहेको सञ्चालक पदमा शर्मालाई नियुक्त गरेको हो ।

Prabhu
Crest

कम्पनीले शेयरधनी संरचना अनुसार भने अझै पनि सञ्चालकको प्रतिनिधित्व गराउन सकेको छैन । कम्पनीको शेयर संरचना संस्थापक समुह तर्फ ५१ प्रतिशत र सर्वसाधारण शेयरधनी समुह तर्फ ४९ प्रतिशत रहेको हुँदा सर्वसाधारण शेयरधनीको तर्फबाट तीन जना सञ्चालक हुनु पर्छ ।

कम्पनीले अव आउने वार्षिक साधारणसभामा प्रवन्धपत्र र नियमावली संशोधन गर्ने र सोहि अनुसार सञ्चालन नियुक्त गर्ने जनाएको छ । अहिले तत्काल प्रवन्धपत्र र नियमावलीमा यहि व्यवस्था रहेकाले संस्थापक समुहबाट चार जना सञ्चालक नै रहने र आगामी वार्षिक साधारणसभाबाट भने सर्वसाधारण शेयरधनी समुहबाट तीन जना सञ्चालन नियुक्त गरिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS