IME Life
GBIME

दुई पुनर्बीमा कम्पनीको कुल लगानी २७ अर्ब ७७ करोड, शेयर बजारमा मात्रै ९ करोड ४७ लाख

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । दुई पुनर्बीमा कम्पनीले विभिन्न क्षैत्रमा कुल २७ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा नेपाल पुनर्बीमाले २० अर्ब  र हिमालयन रिइन्स्योरेन्सले ७ अर्ब ७६ करोड लगानी गरेका छन् । गत असार मसान्तमा दुई पुनर्बीमा कम्पनीको कुल लगानी २६ अर्ब १८ करोड थियो ।

नेपाल पुनर्बीमा कम्पनी

Crest

नेपाल पुनर्बीमाले नेपाल सरकारको बचतपत्रमा ३० करोड लगानी गर्दा हिमालयनको यसमा छैन । बाणिज्य बैंकको मुद्दती निक्षेपमा नेपाल रिको १४ अर्ब ८१ करोड रुपैया लगानी रहेको छ । यहि क्षेत्रमा हिमालयनको ७ अर्ब ९ करोड रहेको छ । हिमालयनले बाणिज्य बैंकको मद्दतीन निक्षेप बाहेक बाणिज्य बैंककै ऋणपत्र र म्युचुअल फण्डमा मात्रै लगानी गरेको छ ।

नेपाल पुनर्बीमाले सूचिकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा ९ करोड ४७ लाख, बैंक वित्तीय संस्थाको ऋणपत्रमा एक अर्ब ७३ करोड, म्युचुअल फण्डमा ९ करोड ५१ लाख, विकास बैंकको मुद्दती निक्षेमा एक अर्ब ९६ करोड र अन्य क्षेत्रमा एक अर्ब लगानी गरेको छ । बीमा समितिले कृषि, पर्यटन र पुर्वाधार क्षेत्रमा लगानी गर्न निर्देशन दिए पनि दुईले लगानी गर्न सकेका छैनन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS