IME Life

पुडेन्सियलको दाबी भुक्तानी ३९ प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जनमा गिरावट हुँदा अन्य सूचक कस्ता ?

SPIL
NIC ASIA

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको मुनाफामा समान्य सुधार देखिएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाशिक अवधिमा तीन करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा तीन करोड ६५ लाख थियो ।

मुनाफामा सुधार भए पनि खुद बीमा शुल्क आर्जन भने ९.३ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ११ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा कुल बीमा शुल्क आर्जन भने ३४ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

कम्पनीको दाबी भुक्तानीमा भने उल्लेख्य सुधार देखिन्छ । कम्पनीले गत वर्षको भन्दा ३९ प्रतिशतले खुद दाबी भुक्तानी बढाएको छ । यस अवधिमा ७ करोड ६५ लाख रुपैयाँको खुद दाबी भुक्तानी गर्दा अझै ४१ करोड ४५ लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीले ३२ हजार वटा बीमालेख जारी गर्दा समिक्षा अवधिमा मात्रै ५ हजार वटा बीमालेख नविकरण गराएको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ करोड ६३ लाख रुपैयाँ छ । यसै आधारमा प्रतिशेयर आम्दानी १२ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS