IME Life

प्रिमियर इन्स्योरेन्सको खुद दाबी भुक्तानी २८% ले बढ्दा अधिकांश सूचकमा गिरावट

SPIL
NIC ASIA

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा, खुद बीमा शुल्क आर्जन घटेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको तुलनामा ४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको ८ करोड १५ लाख रुपैयाँ नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षमो ७ करोड ६९ करोड लाख रुपैयाँ नाफा कमाएको छ ।

Prabhu
Crest

त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २० करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले २५ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क १९ प्रतिशतले कमी हो ।

२ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४२ करोड ३५ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोष ८७ करोड ९३ लाख रुपैयाँ रहेको छ । गत वर्ष बीमा कोषको आकार ८७ करोड ९६ लाख रुपैयाँ थियो ।

यस अवधिमा कम्पनीले ११ करोड ५१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा यस अवधिमा कम्पनीले बढी दाबी तिरिसकेको छ । खुद दाबी भुक्तानी २८ प्रतिशतले बढी हो

यस अवधिमा कम्पनीले ५६ करोड ९८ लाख रुपैयाँ कुल व्यापार गरेको छ भने १२ करोड माथि कुल दाबी तिरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ४० पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २ सय ९ रुपैयाँ ९६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS