IME Life
Beema Board

कोकाकोला उत्पादक बोटलर्स नेपाल र तराइको मुनाफामा गिरावट, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA

काठमाडौं । कोकाकोला उत्पादन बोटलर्स नेपाल र बोटलर्स नेपाल तराईको मुनाफामा गिरावट आएको छ । आम्दानीमा सुधार भए पनि सञ्चालन खर्च र वितरण खर्च बढ्दा नाफा घटेको हो । बोटलर्स नेपालको मुनाफा १४.४० प्रतिशतले घटेर ४० करोड १५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

त्यस्तै बोटलर्स नेपाल तराइको पनि मुनाफा १६.८४ प्रतिशतले घटेर ३१ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन भएको छ । तराईले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा दुई अर्ब ९९ करोड रुपैयाँ आम्दानी गरेको छ  भने खर्च २ अर्ब १० करोड भएको छ ।

Prabhu
Crest

गत वर्षको यहि अवधिमा कम्पनीले २ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गरेको थियो भने खर्च १ अर्ब ६७ करोड रुपैयाँ भएको छ । तराईको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ छ । यस आधारमा तीन महिनाको अवधिमा प्रतिशेयर आम्दानी २६२ रुपैयाँ हुन्छ ।

त्यस्तै बोटलर्स नेपालले समिक्षा अवधिमा ४ अर्ब एक करोड रुपैयाँ आम्दानी गरेको छ । खर्च भने २ अर्ब ८५ करोडको भएको छ । गत वर्षको यहि अवधिमा तीन अर्ब ४१ करोड रुपैयाँ आर्जन गरेको थियो भने खर्च २ अर्ब ३५ करोड रुपैयाँ भएको थियो ।

बोटलर्स नेपालको चुकता पूँजी १९ करोड ४८ लाख रुपैयाँ छ । यस आधारमा तीन महिनाको अवधिमा प्रतिशेयर आम्दानी १९१ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS