IME Life
Beema Board

राष्ट्रिय बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन ११५% ले बढ्यो, बीमा कोषमा २ अर्ब ६९ करोड

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९ /८० को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचकमा प्रगति गरेको देखिएको छ । यस अवधिमा कम्पनीको नाफामा भने गिरावट देखिएको छ ।

यस अवधिसम्ममा कम्पनीले ५ करोड ३८ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २० लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १३ प्रतितशले कमी आएको हो ।

Prabhu
Crest

२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३ अर्ब ४१ करोड २१ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार बृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३ अर्ब १७ करोड रुपैयाँ थियो । यस अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब ६९ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले १५ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले करोड ७ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११५ प्रतिशतले बढी हो ।

कम्पनीले यस अवधिमा २ करोड ३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ लाख २० हजार रुपैयाँ मात्रै खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी धेरै प्रतिशतले बृद्धि गर्न सफल भएको छ । अर्थात गत आर्थिक वर्षको तुलनामा कम्पनीले यस अवधिमा धेरै दाबी भुक्तानी गरेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ २० पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १३७९ रुपैयाँ ७० पैसा रहेको छ । यस अवधिमा कम्पनीले ४ करोड ३४ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस अवधिमा कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

40%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS