Prabhu Life Ad Final

नेपाल पुनर्बीमा कम्पनीलाई स्वायत्त बनाउनुपर्छ: भोजराज शर्मासँगको अन्तर्वार्ता

IME

बीमा विज्ञ भोजराज शर्मा नेपाली बीमा क्षेत्रका पुराना तथा अनुभवी व्यक्ति हुन्। बिभिन्न बीमा कम्पनीको व्यवस्थापन नेतृत्वदेखि बीमा समितिमा विज्ञ सल्लाहकार भएर काम गरेको अनुभव उनीसँग छ । अहिले भने शर्मा इन्स्योरेन्स इन्सीच्यूट अफ नेपाल (आईएनएन) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा कार्यरत छन्। बिशेषगरी बीमा विज्ञको रुपमा चिनिने शर्माले नेपालमा आकस्मीक बीमा कोष सञ्चालन गर्ने, पुनर्बीमा कम्पनी स्थापना गर्ने घटनालाई पनि नजिकबाट नियालेका छन्। प्रस्तुत छ, उनै शर्मासँग पुनर्बीमाको बिभिन्न पक्षमा केन्द्रीत भएर गरिएको कुराकानीको सारः

तपाई नेपाली बीमा क्षेत्रको पुरानो र अनुभवी व्यक्तित्व हुनुहुन्छ । नेपालमा आकस्मीक बीमा कोषको आवश्यकता किन देखियो र त्यसलाई पुनर्बीमा कम्पनीमा किन रुपान्तरण गरियो ?
पहिला संसारका सबै पुनर्बीमा कम्पनीले आतंकवाद (टेरोरिजम) सम्बन्धी बीमाको पुनर्बीमा गर्दथे। तर, टुइन टावरमा हवाई हमाला भएपछि भने अन्तराष्ट्रिय बजारका पुनर्बीमा कम्पनीहरुले आतंकवाद सम्बन्धी बीमाको पुनर्बीमा गर्न छोडे। संसारका ठुला ठुला पुनर्बीमा कम्पनीहरु समेत यसबाट पछि हटे। तर, यता बीमा कम्पनीहरुले भने टेरोरिजम (आतंकवाद) बीमा भने गरिरहेका थिए । सोही बेला नेपालमा पनि माओवादी जनयुद्ध कायम थियो। जनयुद्धका कारण नेपालमा ठुलो मात्रामा जनधन तथा भौतिक सम्पत्तिको क्षति भइरहेको थियो। सोही कारण नेपाली बीमा कम्पनीहरुमा आउने दावी पनि बढ्दै गएको थियो। स्वदेशमा पुनर्बीमा कम्पनी नभएका कारण बीमा कम्पनीहरुलाई विदेशमा पुनर्बीमा गर्नुपर्ने बाध्यता थियो। तर, विदेशी कम्पनीहरुले आतंकवाद सम्बन्धी बीमाको पुनर्बीमा गर्न बन्द गरेपछि आतंकवाद बीमामा परेको दावी भुक्तानीमा गाह्रो भइरहेको थियो।

NLIC

त्यसपछि यहाँका बीमा कम्पनीहरु आफै अग्रसरभएर आकस्मीक बीमा कोष स्थापना गरेका हुन्। तत्कालिन समयमा आतंकवाद बीमाको पुनर्बीमा गर्ने उद्देश्य अुनसार नै पुलको रुपमा उक्त कोष स्थापना गरिएको थियो। अन्य बीमाको पुनर्बीमा गर्ने काम भने कोषबाट हुने थिएन ।
उक्त कोषलाई प्रभावकारी बनाउन कानुनी मान्यताको आवश्यता पनि उत्तिकै थियो। त्यसैले कोषमा सरकारलाई पनि आवद्ध बनाएर कानुनी मान्यता दिलाउने योजना बन्यो। साथै, व्याकअप सरकार भएपछि कोष सञ्चालन गर्न पनि सहज हुन्थ्यो। त्यसपछि सरकारको ५ करोड रुपैयाँ र बीमा कम्पनीहरुको ५ करोड रुपैया शेयर लगानी गरेर कुल १० करोडको पुँजीमा आकस्मीक बीमा कोष खडा गरिएको हो। पछि कोषको नियामावली समेत आयो। फलस्वरुप नै कोष स्थापित भएको थियो।

त्यसपछि नेपालमा आतंकवाद बीमा सम्बन्धी व्यवसाय पनि एकद्धार प्रणालीमा आयो। भारतको जीआईसी पुनर्बीमा कम्पनीले पनि आकस्मकि बीमा कोषलाई व्यवसाय दिन थालेको थियो। साथै, कोषले पनि जीआईसीसँग कोटा शेयर गरेर आतंकवाद बीमाको पुनर्बीमा गर्दै आएको थियो। समग्रमा कोषले राम्रो व्यवसाय गरेको थियो। पहिला जनयुद्धका कारण नेपालमा ठूलो मात्रामा जनधन तथा भौतिक सम्पत्तिको क्षति भएको थियो। फलस्वरुप कोषमा दावी पनि ठूलो मात्रामै पर्दथ्यो। साथै, कोषले पनि त्यसरी आउने दावी सहजै भुक्तानी गर्यो। पछि विस्तारै माओवादी जनयुद्ध कम हुँदै पछि समाप्तनै भयो। त्यसपछि कोषमा दावी पनि नगन्य मात्रामा पर्न थाल्यो। फलस्वरुप नाफा पनि मज्जाले बढ्न थाल्यो। पुँजी पनि राम्रोसँग जम्मा हुदैं गयो। यसका अलावा व्यवसाय पनि बढ्दै गएको थियो। यद्यपि, माओवादी जनयुद्ध सकिएपनि आतंकवादको जोखिम सकियो भनेर चुपचाप बस्ने अवस्था भने भएन ।

त्यसैले माओवाद्धी द्धन्द्ध सकिएपनि त्यो कोषलाई मासेनौं, सञ्चालन गरिरहेका थियौं । किनकी, विदेशी कम्पनीहरुले आतंकवादको पुनर्बीमा नलिने प्रवृति कायमै थियो। साथै, राजनीतक रुपमा अस्थीर मानिने नेपालमा कुनै पनि बेला राजनीतिक रुपमा कुनै पनि घटना हुन सक्थ्यो। तसर्थ, कोषलाई सञ्चालन गरिरहेकै थियौं । तर पछि बजारको आवश्यकता र अन्तरराष्ट्रिय परिवेश अनुसार नेपालमा पुनर्बीमा कम्पनी स्थापना गर्नुपर्ने देखियो। त्यसपछि कोषलाई नेपाल पुनर्बीमा कम्पनीमा रुपान्तरण गर्ने योजना अघि बढेको हो। यसपछि कोषमा भएको सबै पुँजीलाई डीडीए मार्फत चुक्तापुँजीमा रुपान्तरण गरियो। साथै, त्यसमा नेपाल सरकार र बीमा कम्पनीहरुलाई पनि थप शेयर लगानी गर्न भनियो।

त्यसपछि नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) स्थापना भएको हो। अहिले नेपालमा अर्काे हिमालयन पुनर्बीमा कम्पनी (हिमालयन रि) पनि स्थापना भइसकेको छ । बजारको आवश्यकताअनुसार नै उक्त कम्पनी स्थापना भएको हो। त्यस सम्बन्धी अध्ययन गर्ने कार्यमा म स्वयम आवद्ध थिए । बजारमा प्रतिस्पर्धा बढाउन, इपीसेन्सी बढाउन थप अर्काे पुनर्बीमा कम्पनीको आवश्यकता अध्ययनले देखाएको थियो, त्यसपछि निजी क्षेत्रबाट नयाँ पुनर्बीमा कम्पनी स्थापना भएको हो।

कम्पनी नै स्थापना गरेर पुनर्बीमा व्यवसाय गर्नु नेपालमा पुर्णत नयाँ अभ्यास थियो, सुरुवाती चरणमा यसको व्यवसाय कस्तो थियो ? तत्कालिन काम गर्दा के कस्ता समस्या देखिएका थिए ?
शुरुमा यसको व्यवसाय धेरै नै कम थियो। बिशेषगरि पहिला दक्ष म्यानपावरको अभाव थियो। तसर्थ, पहिला कर्मचारीलाई तालिम दिन विदेश पठाउने काम पनि भयो। यहाँ पनि तािलम दिने काम हुन्थ्यो। फलस्वरुप अहिले कम्पनीमा दक्ष म्यानपावर खडा भएका छन्। कम्पनी पनि राम्रोसँग स्थापित भइसकेको छ । अहिले हाम्रै इन्सीच्यूटबाट पनि पुनर्बीमा सम्बन्धी तालिम दिन थालेका छौं ।

अब नेपाल पुनर्बीमा कम्पनी कसरी अघि बढ्नुपर्छ ?
अब नेपाल पुनर्बीमा कम्पनीले विदेशबाट ल्याएर भएपनि टेक्नीकल म्यानपावर पनि राख्नुपर्छ । वा,कार्यरत म्यानपावरलाई विदेशमा पठाएर भएपनि प्राविधिक रुपमा दक्ष बनाउनुपर्छ । कर्मचारीको क्षमता बढाउन तालिम नै प्रभावकारी हुन्छ । त्यसमाथि पुनर्बीमामा ट्रेन्ड म्यानपावरको एकदमै आवश्यकता हुन्छ । चुक्तापुँजीको व्याकअपले मात्रै यो व्यवसाय गर्न सकिदैन । सही अन्डराइटीङ गर्ने, जोखिम विश्लेषण गर्ने लगायतका काम गर्न सक्ने ट्रेन्ड म्यानपावर चाहिन्छ । तसर्थ, कम्पनीले कर्मचारीको क्षमता विकास गर्न तालिममा एकदमै जोड दिनुपर्छ । समग्रमा नेपाल रिले ट्रेन्ड म्यानपावर बढाएर आफ्नो क्षमता बढाउनुपर्छ । यस्तै, कम्पनीले विदेशबाट व्यवसाय ल्याउन बढी मात्रामा जोड दिनुपर्छ । त्यसपछि विदेशी मुद्राको

आम्दानी पनि बढ्छ, हामीले विदेशी मुद्राको आम्दानी बढाउने उद्देश्य अनुरुप पनि पुनर्बीमा कम्पनीको अवधारणा अघि बढाएको हो। तसर्थ, कम्पनीले स्वदेशमा भन्दा पनि विदेशी बजारमा बढी जोड दिनुपर्छ ।

यद्यपि, बाहिर गएर व्यवसाय लिदाँ जोखिम पनि स्वभाविक रुपमा आउछ । तसर्थ, विदेशबाट जति व्यवसाय ल्याइन्छ, त्यसमा आफुले बहन गर्न सक्ने जोखिम राखेर बाँकी रेट्रोसेसन मार्फत अन्य कम्पनीलाई दिनुपर्छ । समग्रमा पुनर्बीमा मार्फत बाहिरिने भन्दा भित्रिने रकम बढी हुने गरि काम गर्नुपर्छ । साथै, सोहीअनुसार कम्पनीको क्षमता विकास गर्नुपर्छ । यसका अलावा बीमा कम्पनीहरुलाई दिने सेवा सुविधा पनि सोहीअनुसार राख्नुपर्छ ।

तपाईको नजरमा नेपाल पुनर्बीमा कम्पनीलाई अबको चुनौती के के हुन सक्छन्?
मेरो विचारमा नेपाल रिलाई प्रोटेक्शनको आवश्यकता छ । नेपाल रि आफैमा सरकारी कम्पनी हो। तसर्थ, यसलाई सरकारको प्रोटेक्सन चाहिन्छ । प्रोटेक्सनमा पनि कस्तो प्रोटेक्सन दिने भन्ने आउला, सरकारले नेपाली बीमा कम्पनीह?को डाइरेक्सेसन बिजनेश दिएर, बिभिन्न प्रिफेन्स दिएर यस कम्पनीलाई सहयोग गर्नुपर्छ । साथै, नेपाल रिलाई बीमा समितिको नियमन भित्र राखेर स्वायत्त बनाउन पर्छ । कम्पनीमा सरकारको प्रत्यक्ष हस्तक्षेप हुने नीति हुनु हुदैन, जसरी निजी कम्पनीले तत्काल कुनै पनि निर्णय गर्न सक्छन्, सोही अुनसार नेपाल रिले पनि निर्णय गर्न पाउनुपर्छ । सरकारको नियन्त्रणमा यसलाई राख्न हुदैन । यस्तै, कम्पनीको क्रेडिट रेटीङ गर्ने बिषयमा पनि जोड दिनुपर्छ । त्यसको लागि पहिला देशकै क्रेडिट रेटीङ गर्नुपर्छ ।

देशको रेटीङ नहुदाँ कम्पनीको रेटीङ गर्न चुनौती भएको छ । फलस्वरुप कम्पनीले विदेशी बजारबाट क्षमताअनुसार व्यवसाय लिन सकेको छैन । विदेशी कम्पनीहरुले रेटेट पुनर्बीमा कम्पनीहरुसँग व्यवसाय गर्न खोज्छन्। तर, नेपाल रि अझै रेटेट भएको छै। यद्यपि, यो सरकारी कम्पनीको भएको हुनाले रेटीङको आवश्यकता भने कम हुन्छ । तर, रेटीङ भएमा अझै राम्रो हुन्छ । तसर्थ, कम्पनीको रेटीङ गर्ने गरि काम गर्नुपर्छ ।

अन्त्यमा नेपाल रिलाई के सल्लाह सुझाव दिन चाहनु हुन्छ ?
नेपाल रि सरकारी स्वामित्वको कम्पनी हो। अहिले निजी क्षेत्रबाट हिमालयन रि नाम गरेको अर्काे पुनर्बीमा कम्पनी स्थापना भएको छ । अब नेपाल रिले निजी क्षेत्रको कम्पनीसँग प्रतिस्पर्धा बढाउने गरि आफ्नो इपीसेन्सी तथा क्षमता बढाउन पर्छ । त्यसको लागि बीमा कम्पनीहरुलाई दिने सेवा पनि राम्रो हुनुपर्छ । समग्रमा कम्पनीले मोस्ट इपीसेन्न्सी र प्रतिस्पर्धाको क्षमता बढाउने गरि काम गर्नुपर्छ । यस्तै, पुनर्बीमाको नलेज बढाउने गरि पनि काम गर्नुपर्छ । यसको लागि पटक पटक आन्तरीक तथा बाह्य रुपममा कर्मचारी तथा बीमा कम्पनीह?लाई एकाडेमिक तामिल पनि गर्नुपर्छ । साथै, कम्पनीले तोकिएको न्युनतम तर भन्दा तल गएर व्यवसाय गर्न हुदैन ।

साथै, त्यस्तो बिजेनश लिनु पनि हुदैन । नेपाल रिले वाच डक भएर काम गर्नुपर्छ । यस्तै, अब नेपाल रिले आफैलाई विकास गर्न पनि जोड दिनुपर्छ । त्यसको लागि चाहिने बिषयबस्तुबारे बीमा समिति र सरकारसँग परामर्श समेत लिनुपर्छ । यस्तै, कम्पनीले विदेशी बजारबाट पनि व्यवसाय लिएको छ । साथै, भविष्यमा पनि लिनुपर्छ । तसर्थ, विदेशी बजारमा पनि आफुलाई प्रतिस्पर्धी बनाउने गरि कम्पनीले आफ्नो इपीसेन्सी बढाउनुपर्छ ।

यस्तै, कम्पनीको हरेक कर्मचारीमा सिक्ने भावना हुनुपर्छ । तालिममा मात्रै जोड गरेर हुदैन । पुनर्बीमा सम्बन्धी बढी भन्दा बढी ज्ञान लिने गरि अगाडि बढ्नुपर्छ । साथै, कर्मचारीलाई पनि सोहीअुनसार सेवा सुविधा दिनुपर्छ । बीचमा केही कर्मचारीह? कम्पनीबाट बाहिरीए, उनीहरु के कति कारणले बाहिरीए ? तलव तथा सेवा सुविधा पर्याप्त छन्कि छैनन्? काम गर्ने बातावरण कस्तो छ ? यी यस्ता बिषयमा अध्ययन अनुसन्धान गरेर कर्मचारी रोक्ने नीति कम्पनीले ल्याउनुपर्छ ।

साथै, कम्पनीको विकासमा लोक सेवाबाट ल्याएको कर्मचारीले मात्रै सम्भव हुदैन । त्यो पनि विकासको एउटा बाधक हो। लोकसेवाबाट आउने कर्मचारीलाई नराम्रो भन्न खोजेको पनि होइन । तर, लोकसेवाबाट मात्रै आएका कर्मचारीबाट भने कम्पनीको विकास सम्भव हुदैन । किनकी, यो पुर्णत प्राविधिक रुपमा गरिने काम हो। तसर्थ, कम्पनीले बजारबाटै भनेको बेला आफैले राम्रो, प्राविधिक तथा दक्ष जनशक्ति ल्याउन पाउने नीति सरकारले गरिदिनुपर्छ । तर, अहिले लोकसेवाबाट मात्रै कर्मचारी नियुक्ती गर्ने नीति छ । त्यसले गर्दा पनि भनेको समयमा भनेको मान्छे ल्याउन सकिदैन । अहिले तत्काल पुनर्बीमा कम्पनीलाई एउटा जनशक्ति चाहिएको छ र त्यो जनशक्ति पनि आउन तयार छ । तर, नीति गर्दा त्यस्तो व्यक्तिलाई नियुक्त गर्न सकिदैन ।

तसर्थ, कर्मचारी नियुक्ती गर्ने बिषयमा प्रचलित नियम परिवर्तन गर्नुपर्छ र कुनै पनि समयमा भनेजस्तो जनशक्ति नियुक्त गर्न सक्ने नीति ल्याउनुपर्छ । त्यसपछि कम्पनीको व्यवसायीक विकासमा पनि ठुलो सहयोग पुग्छ । समग्रमा कम्पनीलाई चाहिने र आवश्यक पर्ने म्यानपावर भनेको समयमा नियुक्त गर्न सक्ने गरि नीति ल्याउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x