IME Life
Beema Board

बीमा ऐन लागु हुनु अघि समितिले बीमकसँग छलफल गर्दै, सिइओ र अध्यक्षलाई बोलाइयो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले नयाँ बीमा ऐनको विषयमा यहि कार्तिक २० गते सम्पुर्ण बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरु सँग छलफल गर्ने भएको छ । बीमा ऐन यहि कार्तिक २२ गतेदेखि लागु हुँदैछ । समितिले यहि विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्न थालेको हो ।

समितिले सम्पुर्ण कम्पनीका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिको अध्यक्षलाई बोलाइएको छ । छलफल तथा अन्तर्क्रिया होटल क्राउन इम्पेरियल रविभवनमा आयोजना हुने समितिले जनाएको छ ।

Prabhu
Crest

नयाँ ऐनमा भएका व्यवस्थाका विषयमा समितिले प्रस्तुतिकरण दिनेछ । अध्यक्षले ऐनको ब्रिफिङ गर्नुका साथै आवस्यक निर्देशन पनि दिने बुझिएको छ । कार्तिक २२ गतेदेखि बीमा ऐन २०७९ लागु भए सँगै बीमा समितिको नाम बीमा प्राधिकरण हुनेछ ।

समितिको सञ्चालक समितिले बीमा समितिको नाम बीमा प्राधिकरण राख्ने निर्णय गरिसकेको छ । ऐन लागु भए सँगै समितिको सञ्चालक समितिमा पनि फेरबदल आउनेछ । कार्तिक २२ गते भित्रमा नियमावलीको प्रारम्भिक मस्यौदा तयार पार्ने काम भइरहेको छ । यहि सरकार हुँदै नियमावली पारित गर्ने तयारीमा रहेको समितिले आन्तरिक तयारी गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS