IME Life
Beema Board

नविकरण बीमा शुल्क आर्जनमा उदासिन अभिकर्ता, प्रथमकै होडबाजीले कम्पनीको कम प्राथमिकतामा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा अभिकर्ताको पहिलो ध्यान प्रथम बीमा शुल्क आर्जनमै हुन्छ । जति प्रथम बीमा शुल्क आर्जनबाट कमिशन प्राप्त हुन्छ नविकरण बीमा शुल्क आर्जनमा कमिशन प्राप्त हुँदैन । त्यसैले जीवन बीमा कम्पनीहरुको अर्बौ रुपैयाँ नविकरण बीमा शुल्क आर्जन उठ्न सकेको छैन ।

प्रथम बीमा शुल्क आर्जन खस्किदै गर्दा बीमा कम्पनीको अवको ध्यान नविकरण तर्फ हुनु पर्ने बीमा विश्लेषक बताउछन् । अहिले पनि नविकरणको हिस्सा औषतमा ७० प्रतिशत छ । यदि बीमा कम्पनीहरुले पुरै नविकरण बीमा शुल्क आर्जन गर्ने हो भने ८० प्रतिशत भन्दा माथि हुने बीमकहरु बताउछन् ।

Prabhu
Crest

प्रथम भनेको सम्बन्धित वर्षको मात्रै हुन्छ तर नविकरण बीमा शुल्क हरेक वर्षको जोडिदै जोडिदै आउने भएकाले प्राकृतिक रुपमै यसको हिस्सा धेरै हुन्छ । विश्वका अन्य देशमा प्रथम बीमा शुल्कको तुलनामा नविकरण बीमा शुल्क धेरै गुणा बढि हुन्छ । बीमाको पहुँच ६०/७० प्रतिशत भन्दा माथि रहेका देशमा नविकरणको हिस्सा धेरै हुन्छ ।

बीमा समितिका अनुसार नेपालमा बीमाको पहुँच ४० प्रतिशत भन्दा माथि पुगिसकेको छ । यो आवधिक जीवन बीमाको संख्यालाई जोडेर निकालिएको हुँदा सावधिकलाई मात्रलाई हेर्दा ३५ प्रतिशत भन्दा माथि छ । नेपालमा अझै केहि समय बीमाको पहुँच विस्तार हुने ठाँउ छ ।

तर नविकरण मार्फत जारी भएका पोलिसीलाई निरन्तरता दिन सकिएन भने अहिलेसम्मको उपलब्धीको कुनै मान्यता रहदैन । त्यसैले बीमा कम्पनीहरुले अभिकर्ता तथा कर्मचारीलाई धेरै भन्दा धेरै प्रयोग गरेर नविकरण बीमा शुल्क आर्जनमा ध्यान केन्द्रित गर्नु पर्छ ।

जसरी प्रथम बीमा शुल्क आर्जनको समयमा अभिकर्ताहरुको सक्रिय हुन्थे त्यसरी नै नविकरणमा पनि उनिहरुलाई सक्रिय बनाउनु पर्छ । साउन यता बीमा कम्पनीहरुले खासै राम्रो व्यवसाय गर्न सकिरहेका छैनन् । कर्मचारीहरु खालि जस्तै छन् । कर्मचारीलाई निष्कृय राख्नु भन्दा बीमितलाई फोन सम्पर्क गरेर नविकरणका लागि प्रोत्साहित गर्न सक्छन् ।

बीमा कम्पनीहरुले नविकरण बीमा शुल्क तिर्नका लागि अनलाइन प्रणालीको विकास गरेका छन् । तर बीमितहरुलाई यसको सामान्य जानकारी पनि नहुन सक्छ । कतिपय बीमितले थाहै नपाएर नविकरण नगरेका हुन्छन् । धेरै अभिकर्तालाई आफूले बीमा गराएका बीमितको सामान्य जानकारी समेत हुने गरेको पाइदैन । यो अभिकर्ताको गैरजिम्मेवारी कार्य हो । त्यसैले बीमा कम्पनीले सम्पुर्ण अभिकर्तालाई उनिहरुले जारी गरेका पोलिसीको विवरण दिने, बीमितलाई सम्पर्कमा ल्याउने कार्यमा प्रोत्साहित गर्नु पर्ने देखिन्छ ।

कयो अभिकर्ता बीमा उद्योगबाटै पलायन भएको पाइन्छ । यसले गर्दा कतिपय बीमितको सम्पर्क नै टुट्ने गरेको छ । यस्तो अवस्थामा बीमा कम्पनीहरुले सम्बन्धित अभिकर्ताले बीमा गराएका बीमितको विवरण आफैले संकलन गरेर सम्पर्कमा ल्याउनु पर्ने हुन्छ । अर्को तर्फ मोबाइल, इमेतल मार्फत बीमितलाई नियमित रुपमा सम्पर्कमा राख्नु पर्छ । जन्मदिनको शुभकामनाको सन्देश दिनेदेखि लिएर चाडपर्वका सन्देशहरु मोबाइल इमेल मार्फत पठाइरहनु पर्छ ।

यसमा सबैभन्दा ठुलो भुमिका बीमा कम्पनीका कर्मचारीको हुन्छ । कर्मचारीलाई यस कार्यक्रमा अधिकतम प्रयोग गर्न सक्नु पर्छ । इमेल म्यासेज मार्फत सम्पर्क नगरी प्रत्यक्ष रुपमा फोन सम्पर्क मार्फत नविकरणका लागि जानकारी गराउन सकिन्छ ।

नविकरण बीमा शुल्क भुक्तानी गर्न नसक्ने बीमितलाई नियम अनुसार बीमालेख धितोकर्जा लिएर भए पनि भुक्तानी गराउन पहल गरिदिनु पर्छ । प्रायः जीवन बीमा कम्पनीहरुले संकलन गर्ने प्रथम बीमा शुल्क आर्जन पुरै खर्च हुन्छ । अभिकर्तालाई कमिशन दिदा, बीमा समितिलाई शुल्क तिर्दा, कर तिर्दा, सञ्चालन खर्च कटाउने हो भने बीमा कम्पनीहरुलाई प्रथम बीमा शुल्क आर्जनबाट फाइदा हुँदैन । बीमा कम्पनीहरुले कमाउने भनेको नविकरण बीमा शुल्कबाटै हो ।

त्यसैले प्रथम बीमा शुल्क मात्रै भुक्तानी गरेका बीमितका साथै बीमा कम्पनीका लागि पनि फाइदा हुँदैन । बीमितले पनि प्रथम बीमा शुल्क आर्जन गर्दा न उसको बीमाको कभरेज हुन्छ न त उसले तिरेको बीमा शुल्क फिर्ता नै पाउछ । त्यसैले प्रथम दोस्रो बीमा शुल्क मात्रै तिर्दा बीमितलाई सबैभन्दा धेरै घाटा हुन्छ । साथै यो कार्य गर्दा बीमकहरुलाई पनि पर्ता पर्दैन ।

एकातिर ल्याप्सेस रेसियो बढ्छ अर्को तर्फ खर्च धेरै देखिन्छ । त्यसैले प्रथम बीमा शुल्क बीमकहरुको लागि लगानी जस्तै हो । त्यसैले बीमा गर्नु अगाडी नै बीमितलाई बुझाउन सक्नु पर्छ । यदि बीमालाई निरन्तरता दिने अवस्था छैन भने बरु थोरै बीमाङ्कको पोलिसी खरिद गराउनु पर्छ । तर धेरै बीमा शुल्क आउछ भन्ने बहानामा बीमितको क्षमता भन्दा धेरै बीमा शुल्क तिर्नु पर्ने गरी बीमा गराउनु हुँदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS