IME Life
Beema Board

जीवन बीमा व्यवसायको बृद्धिदर स्याचुरेट भएकै हो ? यस्तो देखियो ट्रेण्ड लाइन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जुन सुकै व्यवसायको बृद्धि एउटा विन्दुसम्म मात्रै हुन्छ । कुनै पनि व्यवसाय अनन्त हुँदैन । त्यसमा उतारचढाव आइरहन्छ । निश्चित समय बजार विस्तार भए सँगै त्यसमा स्याचुरेट हुन्छ । त्यस्तै पछिल्ला दिनमा जीवन बीमा व्यवसायमा पनि यस्तै आकलन हुन थालेको छ । पछिल्ला ५/७ वर्षमा जीवन बीमा व्यवसाय जुन गतिमा अगाडी बढ्यो अवका वर्षमा त्यहि गतिमा अगाडी नबढ्ने विश्लेषण हुन थालेको छ ।

जसलाई विगत एक वर्षको अवधिमा जीवन बीमा कम्पनीले आर्जन गरेको प्रथम बीमा शुल्क आर्जनलाई हेरे पुग्छ । यहाँ वर्ष २०७८ को भदौ महिनादेखि २०७९ को भदौ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले आर्जन गरेको प्रथम बीमा शुल्क आर्जनलाई विश्लेषण गरिएको छ । यस अवधिमा बनेको ट्रेण्ड लाइनले गत भदौ महिनाको भन्दा यस वर्षको भदौ महिनाको व्यवसाय तल झरेको देखिएको छ ।

Prabhu
Crest

२०७८ भदौ महिनामा जीवन बीमा कम्पनीहरुले तीन अर्ब ६४ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । तर गत भदौमा २ अर्ब ६० करोडमा सिमित भएको छ । गत भदौ लगातार बजार तल्लो ट्रेण्डमा रहदै बैशाखमा न्युनतम २ अर्ब २५ करोडमा सिमित भयो । बैशाख पछि टार्गेट पुरा गर्न बीमकहरुले ठुलो प्रयास गर्दा असार मसान्तसम्ममा ७ अर्ब १० करोडसम्म आर्जन गरे । तर असार पछिका दुई महिना साउन र भदौमा बजार यसरी खस्कियो जुन ७ अर्बबाट २ अर्ब २० करोड र २ अर्ब ६० करोडमा झर्यो । यसले के पुष्टी हुन्छ भने अझै पनि टार्गेट पुरा गर्ने क्रममा त्रैमाशको अन्तिम महिनामा केहि व्यवसाय भित्र्याउने प्रयास भए पनि त्यस बाहेक अन्य व्यवसाय छैन । यहि हिसावले ट्रेण्ड लाइन रहिरह्यो भने यस वर्ष असार महिनाको प्रथम बीमा शुल्क आर्जन नै यो साइकलको अधिकतम हुन सक्ने छ ।

पछिल्ला दिनमा सर्वाधिक ठुलो व्यवसाय भित्र्याउने नेपाल लाइफलाई पनि सहज छैन । नेपाल लाइफले बीमा पोलिसी परिपक्व भएका बीमितलाई पुनः अर्को पोलिसी नविकरण गर्न लगाएर बीमा शुल्क आर्जन गरिरहेका छन् । यस बाहेक नयाँ पोलिसी बिक्री गर्न नेपाल लाइफलाई धौ धौ छ ।

जीवन बीमा कम्पनीले ५ वर्षको अवधिमा जुन किसिमको बृद्धि गरे त्यसका केहि सूचक भोलिका दिनमा नकारात्मक हुँदैछन् । बीमा समितिले ६ वर्ष अगाडी जसरी १० वटा जीवन बीमा कम्पनीहरुलाई नयाँ लाइसेन्स दियो ति कम्पनीहरु तत्कालिन समयमा १० वर्ष भन्दा लामो प्रतिक्षा पछि आउन सफल भएका थिए । यसले गर्दा उनिहरु आक्रामक रुपमा प्रस्तुत भए । जसले सुस्त गतिमा रहेको बजारलाई चलायमान बनायो ।

नयाँको एग्रेसिभनेसकै कारण पुराना कम्पनी पनि जागे । फलस्वरुप ७ प्रतिशत रहेको बीमाको पहुँच अहिले ३६ प्रतिशत भन्दा माथि पुगेको छ । यो एकदमै छोटो अवधिको सर्वाधिक उपलब्धी हो । यो ६ वर्षमा दुई वटा घटनाले नेपाली बीमा व्यवसायलाई मलजल गर्ने काम गर्यो । पहिलो २०७२ सालको भुकम्प पछि बीमा गर्नु पर्ने रहेछ भन्ने आम मानसिको बोध र अर्को कोभिड १९ ले २ वर्षसम्मको दर्दनाक अवस्था । कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गर्यो । यहि समयमा खालि बसेका शिक्षक लगायत विभिन्न पेशा व्यवसायका मानिसहरु बीमा गराउन थाले । आकर्षक अभिकर्ता कमिशनले उनिहरुलाई लोभ्यायो ।

तर अहिले त्यहि कोभिड १९ को धक्का अर्थतन्त्रमा परेको छ । हिजोका दिनमा टार्गेट पुरा गर्न अभिकर्तालाई पैसा लगानी गर्ने शाखा प्रवन्धकहरु चुप लागेर बसेका छन् । उनिहरुमा यो विश्वास छैन कि अहिले टार्गेट पुरा गर्न दिएको रकम फिर्ता पाइएला भनेर । लकडानका समयमा खालि अवस्थामा अभिकर्ता पेश अंगालेका शिक्षक, सरकारकी कर्मचारी, व्यापारी लगायतका व्यक्तिहरु पुनः आ-आफ्नै पेशा व्यवसायमा फर्किएका छन् । उनिहरु सँग हिजोका दिनमा जस्तो अहिले खालि समय छैन ।

सबैभन्दा महत्वपुर्ण अर्को कारण कोभिड १९ ले थिलिएको अर्थतन्त्र माथि उठ्न सकेको छैन । बजारमा महंगी नियन्त्र भन्दा बाहिर छ । दैनिक गुजारा चलाउनै धौ धौ परिरहेका नेपाली सँग बीमा गर्ने पैसा छैन । विगत ५/६ वर्षमा जीवन बीमा व्यवसायको विस्तार सँगै केहि गलत अभ्यास पनि भए । ति गलत अभ्यासलाई बीमा समितिले नियन्त्रण गरे सँगै त्यस्ता व्यक्तिहरु बीमा उद्योगबाटै पलायन भएका छन् । ८/१० करोड पैसा लिएर पोलिसीमा लगानी गर्दै कमिशन र इन्सेन्टिभ कमाउनेहरुलाई बीमा समितिको नयाँ पोलिसीले निरुत्साहित बनाइदिएको छ ।

बीमा समितिले यहि समयमा नयाँ माइक्रोइन्स्योरेन्स कम्पनीको लाइसेन्स बाड्दैछ । तर ति कम्पनीहरुलाई आगामी दिनमा त्यति सहज छैन । अहिले भइरहेकै बीमा कम्पनीको व्यवसाय लघु खालको छ । त्यसमा पनि अहिलेको आर्थिक मन्दीको चपेटामा सबैभन्दा पहिला तिनै न्युन आय भएका वर्ग पर्छन् । हिजो उहि प्रकृतिका कम्पनी सँग प्रतिष्पर्धा थियो । अव अहिलेका ठुला कम्पनीले माइक्रोसँग प्रतिस्पर्धा गर्नै पर्दैन । त्यसमा पनि व्यवसायिक भविष्य नदेखेका बीमा कम्पनीहरु मर्जर गरेर आफ्नो लगानी सुरक्षित बनाउदै छ । व्यवसायमा सुस्तता आउनुको अर्को कारण मर्जर पनि हो । मर्जरले बीमकहरुमा धेरै नै अन्योलता छ । त्यसैले अवको केहि समय बजार डाउन ट्रेण्डमै चल्ने हो कि भन्ने विश्लेषण हुन थालेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

22%

दु :खी

11%

अचम्मित

0%

उत्साहित

11%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS