IME Life
Beema Board

बीमा कम्पनीहरुले १४ वर्षमा वैदेशिक रोजगार बीमालेखबाट ५ अर्ब कमाए, हेर्नुहोस् अहिलेसम्मको व्यवसाय (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बीमा उद्योगले वैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजना मार्फत विगत १४ वर्षको अवधिमा २१ अर्ब भन्दा माथिको बीमा शुल्क आर्जन गरेको पाइएको छ । वैदेशिक रोगजार विभागले दिएको तथ्याङ्क अनुसार विगत १४ वर्षको अवधिमा ५० लाख नेपालीले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर गएको पाइएको छ ।

यहि तथ्याङ्कलाई आधार मान्दा बीमा कम्पनीले यस अवधिमा २१ अर्ब भन्दा माथिको बीमा शुल्क संकल्न गरि १६ अर्ब भन्दा माथिको दाबी भुक्तानी गरेको पाइएको छ । यो बीमा योजना २०६४ सालदेखि सुरुवात भएको पाइन्छ । सुरुवाति दिनमै वैदेशिक रोजगारमा गएका नेपालीको मृत्यु भएमा ५ लाख रुपैयाँ मृत्युदाबी भुक्तानी पाउने व्यवस्था थियो । यो व्यवस्था २०७३ माघसम्म कायमै रह्यो ।

Prabhu
Crest

सरकारले २०७३ माघदेखि भने यो बीमामा केहि परिमार्जन गरी मृत्युदाबी भुक्तानी १४ लाख रुपैयाँ पाउनेदेखि लिएर अन्य विविध सुविधाहरु थप गर्यो । बीमा अवधिमा कामदारको मृत्यु भएमा १० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था छ । घातक रोग लागी मृत्यु नभएको तर, शारिरीक रूपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा १३ लाखसम्म भुक्तानी हुन्छ । घातक रोग मात्रै लागेको अवस्थामा ५ लाख भुक्तानी गर्नुपर्छ । बीमितको आयको नोक्सानी बापत २ लाख, किरिया खर्चबापत १ लाख, औषधि उपचार खर्चबापत १ लाखसम्म, शव ल्याउन खर्चबापत १ लाख कम्पनीहरूले भुक्तानी गर्छन् ।

विगत १४ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका नेपालीहरु मध्ये १० हजार ९३२ जनाको मृत्यु भएको छ । बीमा पोलिसी परिमार्जन हुनु भन्दा पहिला मृत्यु हुनेको परिवारले ५ लाख रुपैयाँ पाउथे भने बीमा पोलिसी २०७३ मा परिमार्जन भए पनि मृतकको परिवारले १४ लाख  रुपैयाँ पाउछन् । यसै आधारमा बीमा कम्पनीहरुले औषतमा साढे १५ अर्ब भन्दा माथिको दाबी भुक्तानी गरेका छन् ।

कम्पनीहरुले यस बाहेक अंगभंग भएकाहरुलाई पनि क्षतिपुर्ती दिदै आएका छन् । यसको एकिन तथ्याङ्क छैन । यस अवधिमा वैदेशिक रोजगारीमा गएका नेपाली मध्ये २१२५ नेपालीको अंगभङ्ग भएका छन् । उनिहरुका लागि कम्पनीहरुले औषतमा एक अर्ब भन्दा माथिको दाबी भुक्तानी गरेका छन् । वैदेशिक रोजगारका क्रममा प्राणघातक रोग लागेमा पनि मृत्यु दाबी भुक्तानी सरहको रकम पाइन्छ । तर यसको तथ्याङ्क छैन ।

पछिल्लो समय बीमा कम्पनीहरुको आकर्षणको केन्द्रमा रहेको वैदेशिक रोजगार बीमालेखमा राम्रै नाफा देखिन्छ । त्यसैले पुल मार्फत हुँदै आएको यस व्यवसायलाई पुल नै हटाएर कम्पनीहरुले आफैले व्यवसाय गर्न पाउने भएका छन् । यो बीमाको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीले मात्रै गर्छ । पुल व्यवस्थापक कम्पनीले पुनर्बीमाबाटै समयमा तथ्याङ्क लिन धेरै समस्या भए पछि समितले पुल नै खारेज गरी कम्पनीहरुलाई नै छाडिएको छ ।

बीमा कम्पनीहरुले वैदेशिक रोगजारमा गएका नेपाली मार्फत २१ अर्ब भन्दा माथि बीमा शुल्क आर्जन गर्दै गर्दा उनिहरुले यस अवधिमा नेपालमा ८४ खर्ब ६५ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका छन् । यसैले नेपालको अर्थतन्त्र चलायनमान बनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS