IME Life
Beema Board

संख्या घटाउने जबर्जस्त निर्णयलाई सफल बनाउन जस्ता सुकै गल्तिमा आँखा चिम्लिदै बीमा समिति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुको संख्या घटाउने जबर्जस्त निर्णयलाई सफल बनाउन बीमा समितिले जस्ता सुकै गल्तिलाई पनि वेवास्था गर्न थालेको छ । बैंकिङ क्षेत्र भन्दा बीमामा सबैभन्दा धेरै नराम्रा हर्कत हुने गर्छ । यसमा बीमा कम्पनीका साथै बीमा समितिको पनि कमजोरी धेरै छन् ।

बीमा कम्पनीले गर्ने गल्तिलाई पहिल्याउन नसक्नु पहिल्याइहाले पनि वेवास्था गर्ने समितिको प्रबृत्तीका कारण बीमा क्षेत्र औषतमा बदनाम छ । समितिले कम्पनीको संख्या घटाउने उद्देश्यका साथ गत चैत १० गते पूँजी बृद्धि गर्ने निर्णय गर्यो ।

Prabhu
Crest

समितिको अहिलेको उद्देश्य जीवन तथा निर्जीवन बीमा कम्पनीको संख्या घटाउने र लघु बीमा कम्पनीको लाइसेन्स जारी गर्ने हो । समितिले संख्या घटाउने बहानामा बीमा कम्पनीले गरेका जस्ता सुकै गल्तिलाई पनि इग्नोर गरिरहेको छ ।

बीमा कम्पनीका भयङ्कर भयङ्कर गल्तिलाई पनि माफ गरिएको छ । जुन बीमाको सिद्धान्त, प्रचलित व्यवस्थाकै खिलापमा छ । यस्तो पछिल्लो एउटा गतिलो उदाहरण हो गराँस लाइफ इन्स्योरेन्स कम्पनी । गुराँस लाइफले जीवन बीमा कोषमा गएको पैसा निकालेर अर्को शिर्षकमा राखेको छ । यस्तो कोषमा भएको पैसालाई अन्य कुनै पनि कोषमा राख्न नपाउने विश्वव्यापी मान्यता छ । तर बीमा समितिले यस्तो वित्तीय विवरणलाई हुबहु पास गरिदिएको छ ।

यसको एक मात्रै कारण हो गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ मर्जमा जादै छन् । प्राइम र युनियनको वित्तीय विवरणमा कुनै समस्या छैन । तर गुराँसले अन्य कम्पनीको भन्दा एक आर्थिक वर्षको लेखापरीक्षण गर्न सकिरहेको थिएन । कम्पनीले यहि बहानामा संस्थागत सुशासन, कानुन विपरित भएका सम्पुर्ण गलत कामलाई स्थापित गरिदिएको छ ।

कारबाही प्रकृयाँमा जादा मर्जरमा ढिलाइ हुने भन्दै समितिले पनि कम्पनीलाई आखा चिम्मेलेर सहयोग गर्यो । गुराँसको लेखापरीक्षमा यति मात्रै होइन धेरै वटा गल्ति भएका छन् । जुन बीमा समितिलाई राम्रो सँग थाहा पनि छ ।

जस्ता सुकै गल्तिमा पनि बीमा समितिले कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारी र सञ्चालकहरुलाई कारबाही गर्न सकेको छैन । गल्ती गरेका कम्पनीहरुलाई समेत बीमासमितिले अहिलेलाई माफि गरिदिन्छौ तर मर्जरमा जानु पर्छ भन्नै दवाव समेत दिने गरेको पाइन्छ । बीमा समिति नियमनकारी निकाय हो । नियम उल्लङ्घन नगर्नु मात्रै गैरकानुनी हुँदैन पालना गर्नु पर्ने नियम पालना नगर्नु पनि गैरकानुनी हो ।

समितिले गुराँस मात्रै होइन अन्य धेरै कम्पनीका गलत कामलाई छादिने गरेको छ । यसै अवधिमा कयौ कम्पनीहरुले गतल अभ्यास गरिरहेको बीमकहरुका कर्मचारी बताउछन् । लाभांश वितरण गर्ने कुरामादेखि लिएर शेयर संरचनाका विषयमा पनि धेरै गतल अभ्यास भइरहेका छन् । जुन कुरालाई बीमा समितिले अन्य समयमा भए रोक्ने प्रयास गर्थ्यो तर अहिले त्यस्ता कुरालाई वास्था गरेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

4%

खुसी

16%

दु :खी

28%

अचम्मित

16%

उत्साहित

36%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS