IME Life

कार्यालयका लागी घर नपाएपछि स्वास्थ्य बीमा बाेर्डले दाेश्राे पटक सूचना प्रकाशन गर्याे

SPIL
NIC ASIA

काठमाण्डौं । स्वास्थ्य बीमा बोर्डले कार्यालय संचालनको लागी काठमाण्डौ उपत्यकांको मुख्य बजार क्षेत्रमा घर बहालमा खोजे पनि नपाएपछि दोश्रो पटक सार्वजनिक सूचना प्रकाशन गर्नु परेको छ ।
बोर्डले टेकुस्थित कार्यालय साँघुरो र अव्यवस्थित भएको कारण देखाउँदै फराकिलो ठाउँमा कार्यालय सार्नको लागी ५० देखि ६० कोठे घर बहालमा लिने तयारी गरेको छ ।

बोर्डले कोटेश्वर, बानेश्वर, बबर महल, थापाथली, त्रिपुरेश्वर, टेकु, जमल,कमलादी, हात्तिसार, नक्साल, डिल्लीबजार, ज्ञानेश्वर, मैतीदेवी, अनामनगर, पुरानो बानेश्वर क्षेत्रमा घर बहालका लागी प्रस्ताव गर्न आह्वान गरेको छ । त्यसैगरी ललितपुर महानगरपालिकाको कुपण्डोल, पुलचोक, सानेपा आसपासको क्षेत्रमा समेत कार्यालय संचालनका लागी उपयुक्त भवन उपलब्ध भए निवेदन पेश गर्न आह्वान गरेको छ । बोर्डले शिलबन्दी निवेदनमा बहालमा दिने क्षेत्रफल, प्रति वर्गफुट बहाल दर र अन्य शर्तहरु समेत स्पष्ट खुलाएर पेश गर्नको लागी आग्रह गरेको छ ।

Prabhu
Crest

बहाल लगाइने भवनमा १० वटा चारपाङग्रे र २५ वटा दुई पाङग्रे सवारी साधन पार्किङ गर्न सकिने सुविधा समेत भएको हुनुपर्ने शर्त रहेको छ । असोज ३० गते दोश्रो पटक १५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको बोर्डले निवेदन पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा भए भोली पल्ट कार्यालय समयभित्र निवेदन पेश गर्न सकिने उल्लेख गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS