IME Life
Beema Board

दशैमा बाहिरिएको पैसा बैंकिङ प्रणालीमा आउन थाल्यो, सिडी रेसियो घटेर ८६.९६ मा झर्यो

SPIL
NIC ASIA

काठमाडौं । दशैको समयमा बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप पुनः बैंकमा फर्किन थालेको छ । दशै विदामा ८ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको थियो । तर दशै विदा पछि सातामा पुन ८ अर्ब रुपैयाँ नै प्रणालीमा आएको हो ।

निक्षेप थपिए पनि कर्जा विस्तार भने स्थिर छ । निक्षेप ८ अर्ब थपिएर कर्जा स्थिर हुँदा सिडी रेसियोमा पनि सामान्य सुधार भएको छ । बैंकहरुको सिडी रेसियो ८६.९६ प्रतिशत छ । सिडी रेसियो जति तल झर्छ बैंकहरुको कर्जा प्रवाह गर्न सक्ने क्षमता बढ्दै जान्छ ।

Prabhu
Crest

असोज २८ गतेसम्ममा बाणिज्य बैंकहरुले ४५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । त्यस्तै कर्जा विस्तार भने ४१ खर्ब ९३ अर्ब रुपैयाँ छ । जुन यस साता स्थिर रह्यो । दशैको अवधिमा भने कर्जा विस्तार ४ अर्बले घटेको थियो । बैंकहरुले असोज महिनामा निक्षेपको व्याजदर बढाए पनि प्रणालीमा खासै निक्षेप आउन सकेन । कार्तिकमा भने निक्षेपको व्याजदरलाई स्थिर राखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS