IME Life
Beema Board

कार्तिकमा निक्षेपको व्याजदर बढेन, असोजकै कायम हुँदा पनि अधिकांशको आधार व्याजदर स्थिर

SPIL
NIC ASIA

काठमाडौं । बाणिज्य बैंकहरुले कार्तिक महिनामा असोजकै व्याजदरलाई निरन्तरता दिएका छन् । बैंकहरुले एक आपसमा भद्र सहमति गरि असोज महिनाकै व्याजदरलाई निरन्तरता दिएका छन् । बैंकहरुले असोज महिनामा निक्षेपको व्याजदर बढाएका थिए । असोज महिनामै बढाएको निक्षैपको व्याजदरले अधिकांश  बैंकहरुको आधार व्याजदर पनि बढेको छ । केहि बैंकहरुले भने असार महिनाकै आधार व्याजदरलाई निरन्तरता दिएका छन् ।

नविल बैंकले असार महिनाकै आधार व्याजदर ८.७७ प्रतिशतलाई निरन्तरता दिएको छ । बैंकले १० वर्ष भन्दा माथिको मुद्दती निक्षेपमा भने १४.५० प्रतिशतसम्म व्याजदर दिएको छ । नविलले साधारण निक्षेपको व्याजदर पनि ७.१३३ प्रतिशत दिएको छ । राष्ट्रिय बाणिज्य बैंकको पनि आधार व्याजदर थोरैले घटेको छ । गत साउनमा आधार व्याजदर ८.३२ प्रतिशत थियो भने कार्तिकका लागि ८.२० प्रतिशत छ । ग्लोलब आइएमई बैंकले असारकै आधार व्याजदर ९.४० प्रतिशतलाई नै निरन्तरता दिएको छ ।

Prabhu
Crest

बैंकिङ प्रणालीमा नयाँ निक्षेप नआउदा तरलता अभावको समस्या अहिले पनि कायमै छ । चुनाव पछि बजारमा पैसा आउन सक्ने आकलन सँगै बैंकहरुले निक्षेपको व्याजदर नबढाएका हुन् । अर्थमन्त्रालयले व्याजदरका विषयमा गठन गरेको अध्ययन समितिले पनि व्याजदरमा हस्तक्षेप गर्न नहुने भन्दै सुझाव दिएको थियो ।

अध्ययन समितिले व्याजदरका विषयमा हस्तक्षेप गर्न नहुने सुझाव दिए पनि बैंकहरुले भने यस पटक व्याजदर बढाएनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS