IME Life

निर्जीवन बीमा कम्पनीले भदौ महिनामै आर्जन गरे तीन अर्ब ३९ करोड बीमा शुल्क, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमाकम्पनीले भदौ महिनामा मात्रै तीन अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत साउनमा कम्पनीहरुले चार अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । कम्पनीको व्यवसाय साउनको तुलनामा भदौमा ३१ प्रतिशतले घटेको छ ।

सरकारले कित्ताकाट घटाउदा घरजग्गाको कारोबार ठप्प छ । अर्को तर्फ बैंक वित्तीय संस्थाले घर कर्जा प्रवाह गर्न सकेका छैनन् । यसले गर्दा पनि भदौमा निर्जीवन बीमा कम्पनीको व्यवसाय खुम्चिएको हो ।

Prabhu
Crest

भदौ महिनामा सर्वाधिक धेरै राष्ट्रिय बीमा संस्थाले ३६ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत साउनमा ८४ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले सरकारी स्तरबाट हुने बीमाको नविकरण मार्फत उक्त बीमा शुल्क आर्जन गरेको थियो । तर भदौमा सोहि अनुपातमा व्यवसाय नभित्रिदा समग्र निर्जीवन बीमा कम्पनीहरुकै व्यवसाय घटेको देखिएको हो ।

भदौमा मात्रै सर्वाधिक दोस्रो धेरै व्यवसाय गर्नेमा शिखर परेको छ । शिखरले ३१ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत साउनमा ३५ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको थियो । तेस्तै तेस्रो धेरै बीमा शुल्क आर्जन गरेको नेकोले भदौमा २६ करोड ८६ लाख आर्जन गर्दा साउनमा भने २७ करोड १० लाख थियो । चौथो धेरै व्यवसाय भित्र्याएको सगरमाथाले भदौमा २६ करोड ११ लाख आर्जन गर्दा साउनमा ३२ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै सिद्धार्थले साउनमा ३० करोड आर्जन गर्दा भदौमा भने २३ करोड मात्रै छ ।

यसरी सर्वाधिक धेरै व्यवसाय गरेका कम्पनीकै व्यवसायमा गिरावट आएको छ । नयाँ तर्फको अजोडले भने भदौमा १५ करोड १६ लाख आर्जन गरेको छ भने साउनमा १६ करोड थियो । यस महिनामा सबै भन्दा कम जनरल र सानिमा जरलको छ । जनरलले ६ करोड ६३ लाख आर्जन गर्दा सानिमाको भने ८ करोड २५ लाख मात्रै छ । यि दुबै कम्पनी मर्जरको अन्तिम घडीमा छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS