IME Life

बीमा व्यवसायमा गलत अभ्यासको पहिलो कारक बीमा अभिकर्ता !

SPIL
NIC ASIA

काठमाडौं । बीमा सबैको लागि अपरिहार्य नै बनेको छ । बीमाले भयावह अवस्थामा मावन सुरक्षाका साथै भौतिक सम्पतिको पनि सुरक्षा गर्ने गर्दछ । त्यसकारण पनि बीमा सबैको लागि आधारभुत आवश्यक्ता जस्तै बन्न पुगेको छ । तर आजको दिनसम्म आइपुग्दा पनि नेपालमा बीमा प्रति सर्वसाधरण जनतामा अविश्वास सृजना हुन भने रोकिएको छैन् ।

सर्वसाधारण जनताले बीमालार्ई अहिले पनि कतिपय अवस्थामा ठगी धन्दाकै रुपमा हेर्ने गरेका छन् । जसको मुख्यपात्र अभिकर्ताहरु हुन् । बीमा कम्पनीहरु हरेक क्षेत्रमा आफै पुग्न असम्भव छ । बीमा कम्पनीहरुको प्रतिनिधित्व गरेर हरेक ठाउँमा बीमा अभिकर्ताहरु पुग्ने हुन् ।
बीमा कम्पनीहरुले यीअभिकर्ताहरुलाई पुर्ण बिश्वास गरेर आफ्नो प्रतिनिधिको रुपमा बीमा पोलिसी विक्री गर्न पठाउने गरेका छन् । तर बीमा क्षेत्रमा काम गर्ने कतिपय अभिकर्ताहरुसँग बीमा सम्बन्धी बीमा क्षेत्रको ज्ञान त परकै कुरा आफ्नो कम्पनीको बीमा पोलिसीको बारेमा राम्रो ज्ञाण हुदैन् ।

Prabhu
Crest

यस्तो अवस्थामा अभिकर्ताहरुले बजारमा सर्वसाधरण मानिससँग पाँच बर्ष, १० बर्ष वा १५ बर्षमा बीमाङ्क रकम दोव्वर हुन्छ भन्ने जस्ता भ्रामक कुरा गरेर फोर्सफुल्ली बीमा गराउने गर्दछन् । यसरी अभिकर्ताको विश्वासमा सर्वसाधरण जनताले बीमा गराउँछन् बीमा गराइसकेपछि जब बीमितले अभिकर्ताले भने जस्तो सुविधा नभएपछि बीमा कम्पनीमाथी अविश्वास जाग्दछ । यसरी सर्वसाधारण जनताहरुको बीमा कम्पनीमाथी अविश्वास जाग्नु भनेको भविश्यमा बीमा कम्पनी धरासायी हुनु हो ।

बीमा अभिकर्ताहरुले बीमा कम्पनीका पोलिसीहरुको बारेमा पुर्ण जानकारी नलिई सर्वसाधारण जनतालाई करकापमा पारी गरी बीमा पोलिसी विक्री गर्ने गर्दछन् । यद्यपी अभिकर्ताहरुको यस्तो स्वार्थमग्न अभ्यासले कमिशनको लोभमा बीमा व्यवसायमाथि प्रश्न उठेको छ ।अभिकर्ताहरुको यस्तो स्वार्थपुर्ण पोर्सफुल्ली अभ्यासले जनताले बीमा त गर्दछन् तर पछि अवधि नपुगी बीचमा नै पोलिसीहरु सरेण्डर हुने ल्याप्स हुने प्रविधि बढ्छ । नेपालमा पछिल्लो समय बीमा सरेण्डर गर्नेको संख्या पनि बढेको पाइन्छ ।

बीमा क्षेत्रमा आमजनमानिस प्रति भएको यस्तो भ्रम तथा सोचलाई परिवर्तन गर्ने भनेको अभिकर्ताले नै हो । त्यसकारण अभिकर्ताहरुले आफ्नो स्वार्थमा नबाझिएर समग्र बीमा क्षेत्रको भविष्यलाई लिएर पुर्ण ज्ञान र सही पोलिसीको प्रचानगर्न सकेमा मात्र बीमा व्यवसाय आजको यो अवस्थाबाट माथि उठन सक्छ । जसरी एउटा बैंकमा ग्राहकले पैसा जम्मा गर्न जान्छ त्यसैगरी बीमा कम्पनीमा पनि बीमा गर्छू भनेर आउने बातावरण सिर्जना गर्नका लागि बीमा समिति बीमा कम्पनीहरु तथा दक्ष बीमाअभिकर्ताहरुको ठुलो भुमिका रहन्छ ।

यसरी बीमा क्षेत्रको सर्वसाधारण मानिसमाथी विश्वासको वातावरण सृजना गर्नको लागि बीमा कम्पनीले आफ्ना अभिकर्तालाई बीमा सम्बन्धि पुर्ण ज्ञान नदिइ लाइसेन्स दिने परिपाटी रोक्नुपर्दछ । अभिकर्ताले पनि आफ्नो क्षणिक स्वार्थलाई त्यागेर बीमा क्षत्रको सम्पुर्ण जानकारी लिइ मात्र बजारमा बीमाको वास्तविक तथ्यगत सुचना दिई बीमा गराउनुपर्ने हुन्छ । अनी मात्र बीमा बजारमा मानिसको विस्वास बढ्न जान्छ फलस्वरुप बीमा व्यवसाय विस्तारमा टेवा पुग्न सक्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

59%

खुसी

7%

दु :खी

21%

अचम्मित

7%

उत्साहित

7%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS