IME Life

निर्जीवन बीमा कम्पनीका सिइओको तलब एक करोड २० लाख भन्दा माथि, कुन कम्पनीका सिइओको तलब कति ?

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले अधिकतम एक करोड २० लाख रुपैयाँसम्म बुझ्ने गरेका छन् । बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सर्वोच्च पद हो । उसले कम्पनीलाई नै हाकिरहेको हुन्छ ।

अर्बौ खर्बौ रुपैयाँको दायित्व भएको संस्थालाई नेतृत्व गर्ने काम आफैमा सजिलो छैन । त्यसमा पनि अन्य उहि प्रकृतिका प्रतिस्पर्धी संस्था सँग प्रतिस्पर्धा गरेर व्यवसाय गर्नु पर्छ । त्यहि भएर पनि प्रमुख कार्यकारी अधिकृतको तलब आकर्षक हुन्छ । एउटा प्रमुख कार्यकारी अधिकृतले लिएको भिजन, रणनीति र कार्यशैलीले नै कम्पनीलाई सफल असफल बनाउने भन्ने कुरामा निर्भर रहन्छ ।

Prabhu
Crest

नेपालमा बैंक पछि आकर्षक तलब सुविधा पाउने अर्को क्षेत्र बीमा हो । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कर्मचारीलाई आकर्षक तलब सुविधा र इन्सेन्टिभ दिने गर्छन् । निर्जीवन बीमा कम्पनी मध्ये सबैभन्दा धेरै तलब शिखर इन्स्योरन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले बुझ्ने गरेका छन् । प्रस्तुत तलब सुविधाहरु सम्बन्धित कम्पनीले सार्वजनिक गरेको पछिल्लो लेखापरीक्षण प्रतिवदेनबाट लिइएको हो ।

कम्पनीले सावजनिक गरेको पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार पाण्डले एक करोड २० लाख रुपैयाँ बुझेका छन् । शिखर इन्स्योरेन्स निर्जीवन बीमा कम्पनी मध्ये सबैभन्दा ठुलो कम्पनी हो । त्यसमा पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत पाण्डे निर्जीवन क्षेत्रका अनुभवी र सफल व्यक्ति हुन् ।

त्यस्तै दोस्रो ठुलो तलब सुविधा बुझ्नेमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीका विरेन्द्र वैदवार क्षेत्री पर्छन् । उनले आर्थिक वर्ष २०७७/७८ ९० लाख २८ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै तेस्रो ठुलो तलब बुझ्नेमा एनएलजीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्बभ पन्त पर्छन् । उनले आर्थिक वर्ष २०७७/७८ मा ८३ लाख रुपैयाँ बुझेका छन् । पन्तलाई एनएजलीले दोस्रो कार्यकालका लागि पनि सिफारिस गरिसकेको छ । कम्पनीले उनलाई नियुक्ति गर्न बीमा समितिबाट समेत स्वीकृति पाइसकेको छ ।

चौथो धेरै तलब बुझ्नेमा सगरमाथाका चंकी क्षेत्र पर्छन् । उनले पनि २०७७/७८ मा ७९ लाख ३६ हजार रुपैयाँ बुझेका छन् । नेपाल बीमक संघका अध्यक्ष समेत रहेका क्षेत्री निर्जीवन बीमा क्षेत्रका सफल र राम्रो पर्सानालिटी बनाएका सिइओ हुन् ।

पाँचौ ठुलो तलब बुझ्नेमा आइएमईका युगेश भक्त वादे श्रेष्ठ पर्छन् । श्रेष्ठले आर्थिक वर्ष २०७७/७८ मा ७८ लाख २२ हजार रुपैयाँ बुझेका छन् । उनलाई पनि कम्पनीले दोहोर्याएर सिइओ बनाएको हो ।

छैठौ धेरै तलब बुझ्नेमा साविक प्रुडेन्सियलका प्रमुख कार्यकारी अधिकृत विर कृष्ण महर्जन पर्छन् । महर्जनले हाल प्रुडेन्सियल छाडेर नेपाल इन्स्योरेन्स प्रवेश गरेका छन् । उनले प्रुडेन्सियल हुँदा ७६ लाख २४ हजार रुपैयाँ बुझेका थिए ।

त्यस्तै सातौ धेरै तलब बुझ्नेमा नेकोका सिइओ अशोक खड्का पर्छन् । खड्काले आर्थिक वर्ष २०७७/७८ मा ६२ लाख ७५ हजार रुपैयाँ बुझेका थिए । उनि पनि निर्जीवन क्षेत्रमा सफल सिइओको रुपमा चिनिन्छन् ।

आठौ धेरै तलब बुझ्नेमा प्रभुका सिइओ सञ्चित बज्राचार्य पर्छन् । बज्राचार्यले आर्थिक वर्ष २०७७/७८ मा ६२ लाख ५४ हजार रुपैयाँ बुझेका छन् । नवौ धेरै तलब बुझ्नेमा प्रिमियर इन्स्योरेन्सका सिइओ विश्वराम तिमिला पर्छन् । उनले ६० लाख १२ हजार रुपैयाँ बुझ्छन् ।

त्यस्तै लम्बिनी जनरलका सिइओ एनपि प्रधानले पनि आर्थिक वर्ष २०७७/७८ मा ५९ लाख १२ हजार रुपैयाँ बुझेका थिए । उनि बीमा क्षेत्रका पाका सिइओ अन्तर्गत पर्छन् । युनाइटेड इन्स्योरेन्स कम्पनीकी सिइओ उपासना पौडेलले पनि आर्थिक वर्ष २०७७/७८ मा ४५ लाख ६८ हजार रुपैयाँ बुझेका थिए । पौडेलले पदबाट राजिनामा दिइसकेकी छिन् ।

बजार विस्तारमा आक्रमक देखिदै आएको अजोड इन्स्योरेन्स कम्पनीका सिइओ कुमार बहादुर खत्रीले भने जम्मा ४४ लाख ९६ हजार रुपैयाँ मात्रै बुझेका छन् । सानिमा जनरलका सिइओ सुद्युम्न प्रसाद उपाध्यायको तलब सुविधा पनि तुलनात्मक रुपमा कम छ । उनले आर्थिक वर्ष २०७७/७८ मा ४० लाख ३२ हजार रुपैयाँ बुझेका छन् ।

हिमालयनले सार्वजनिक गरेको पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार सुशिल बज्राचार्यले आर्थिक वर्ष २०७७/७८ मा ३८ लाख ९६ हजार रुपैयाँ बुझेका थिए । सबैभन्दा कम तलब जनरलका सिइओ रामचन्द्र श्रेष्ठको देखिन्छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो लेखापरीक्षण प्रतिवेदन अनुसार श्रेष्ठको तलब सुविधा ८ लाख ६९ हजार रुपैयाँ मात्रै बुझेको देखिन्छ । श्रेष्ठ २०७७ चैत अन्तिम सातादेखि सिइओमा नियुक्त भएकाले पनि यसमा उनको जम्मा तीन महिनाको मात्रै तलब देखिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

14%

दु :खी

14%

अचम्मित

29%

उत्साहित

14%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS