IME Life

ङादी ग्रुपको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम

SPIL
NIC ASIA

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको १२ लाख ५७ हजार २९० कित्ता लिलामी शेयरमा आवेदन दिने आज अन्तिम रहेको छ । आज कार्यालय समयसम्म मात्र इच्छुक आवेदकले उक्त लिलामी शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले असोज २ गतेदेखि सर्वसाधारण समूहको शेयर लिलामी बिक्री खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम १०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपकबोल गर्न सक्नेछन् । न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

Prabhu
Crest

कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर बिक्री खुला गरेकोमा ९३ लाख ४६ हजार ६९६ कित्ताका लागि मात्र आवेदन परेको थियो । उक्त समयभित्र सम्पूर्ण हकप्रद शेयर नबिकेपछि कम्पनीले बाँकी रहेको शेयर लिलामीमा ल्याएको हो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, वीरगञ्ज , जनकपुर, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, घनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन पाइनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS