IME Life

त्रिशुली जलविद्युतले शेयरधनीलाई आजदेखि आइपिओको ९० प्रतिशत पूँजी थप्न आह्वान

SPIL
NIC ASIA

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीले चार वर्ष अगाडी अग्रिम शेयर पूँजी आह्वान गर्दा आवेदन दिएका शेयरधनीहरुलाई आजदेखि थप ९० प्रतिशत पूँजी थप्न आह्वान गरेको छ । कम्पनीले यस अवधिमा ३ प्रतिशत व्याज दिएकारले शेयरधनीहरुले प्रतिकित्ता ८७ रुपैयाँ भुक्तानी गरे पुग्नेछ ।

कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । सो शेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो । सो शेयर २०७५ साल चैत १४ गते बाँडफाँट गरिएको थियो । सोहि अवधिमा कायम शेयरधनीहरुलाई नै थप ९० प्रतिशत पूँजी थप गर्न आह्वान गरिएको हो ।

Prabhu
Crest

शेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएक एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो शेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरुले रकम बुझाउन/आवेदन गर्न सक्नेछन् । शेयरधनीहरुले कार्तिक १७ गतेसम्म आवेदन दिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS