IME Life

साना किसान र आरएमडिसी मर्जरमा जाने, वित्तिय अवस्थालाई दाँज्दा कस्तो देखियो ?

SPIL
NIC ASIA

काठमाडौं । १०० बराबर ८७ को स्वापमा सहमति गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडिसी लघुवित्त वित्तीय संस्था मर्जरमा जाने उद्देश्यले शुक्रवार समझदारी पत्रमा हस्ताक्षर भएको छ । मर्जर पश्चात आरएमडिसी लघुवित्तको १०० कित्ता शेयर मर्जर पश्चात बन्ने संस्थाको ८७ कित्ता शेयर कायम हुनेछ भने साना किसानका शेयरधनीको कित्तामा परिवर्तन हुने छैन् । शुक्रवार कारोवार बन्द भए पश्चात सानाकिसानको शेयर मूल्य १०१८ हुँदा आरएमडिसीको ८३४ बजार मुल्य थियो ।

मर्जर पश्चात बन्ने नयाँ सस्थाको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड हुने सहमति भएको छ । साना किसानको तर्फबाट अध्यक्ष खेमबहादुर पाठक र आरएमडिसी लघुवित्त वित्तीय संस्थाको तर्फबाट अध्यक्ष सुजाता जोशीले मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

Prabhu
Crest

वित्तीय रुपमा कस्ता छन् दुई कम्पनीहरु ?

गत आर्थिक वर्ष ७८/८९को चौथो त्रैमासको आधारमा साना किसान लघुवित्त वित्तीय सस्थाको चुक्ता पुँजी १ अर्ब ५६ करोड छ भने आरएमडिसीको चुक्ता पुँजी १ अर्ब २४ करोड छ । संचित नाफा सहितको जगेडाकोषमा साना किसानको २ अर्ब ५९ करोड संचित हुँदा आरएमडिसीको २ अर्ब ८ करोड संचित छ।

साना किसानको शेयरधनी कोष ४ अर्ब १६ करोडको हुँदा आरएमडिसीको ३ अर्ब ३२ करोडको छ । मर्जर पश्चात करिव साढे ७ अर्बको शेयरधनीकोष हुने छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासको आधारमा हेर्दा गत वर्ष साना किसानले ७० करोड खुद नाफा गर्दा आरएमडिसीको खुद नाफा ३५ करोड रहेको छ । साना किसानको ४५ रुपैयाँ प्रति शेयर आम्दानी हुँदा आरएमडिसीको २८ रुपैयाँ छ।

त्यस्तै, साना किसानको प्रति शेयर नेट्वर्थ २६६ रुपैयाँ हुँदा आरएमडिसीको २६८ रुपैयाँ छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS