IME Life

लाभांश घोषणा गर्न पहिलो भएको कम्पनी सानिमामाई हाईड्रोपावरको “डिभिडेण्ड इल्ड” कति ?

SPIL
NIC ASIA

काठमाडौं । सानिमामाई हाइड्रोपावर सुचिकृत कम्पनीहरुमा लाभांश प्रस्ताव गर्ने पहिलो कम्पनी भएको छ। यसअघि केही म्युचुअल फण्डहरुले लाभांश घोषणा गरे पनि सुचिकृत कम्पनीमा लाभांश घोषणा गर्ने सानिमामाई हाइड्रोपावर पहिलो कम्पनी भएको छ ।

कम्पनीको भाद्र २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लागि ५ दशमलव २६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्नको कम्पनीले कात्तिक २ गते ११ औं वार्षिक साधारण सभा गर्ने जनाएको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज १२ गते बन्द हुनेछ । यस आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

Prabhu
Crest

कम्पनीले लाभांश घोषणा गरेकै दिन शेयर मूल्य सर्वाधिक घटेको छ। लाभांश प्रस्ताव गरेको दिन कम्पनीको शेयर मूल्य ७ दशमलव ३२ प्रतिशतले घटेर बजार मूल्य २९१ पुगेको छ।

कम्पनीको यस बजार मूल्यलाई कम्पनीको प्रस्तावित लाभांशले दाँजेर हेर्दा  डिभिडेण्ड इल्ड १ दशमलव ८१ प्रतिशत देखिन्छ ।

शुत्र :

कम्पनीको बजार मूल्य : २९१
प्रस्तावित लाभांश : ५.२६३२
डिभिडेण्ड इल्ड (%):  ५.२६३२ / २९१ *१०० = १.८१ %

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS