IME Life

अधिकांश म्युचुअल फण्डको आइपीओको मूल्य भन्दा पनि बजार मुल्य कम, कारण के ?

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा हाल २८ वटा बन्दमुखी म्युचुअल फण्डहरु सुचिकृत छन् । जसमध्ये दुई म्युचुअल फण्डको कारोवार देखिएको छैन । बाँकी २६ म्युचुअल फण्डको बजार मूल्य भने अहिले निकै घटेको अवस्थामा छ ।  २६ म्युचुअल फण्ड मध्ये २२ म्युचुअल फण्डको बजार मूल्य अंकित मूल्य भन्दा पनि तल आएको तथ्याङ्कले देखाएको छ । नेपालमा म्युचुअल फण्डको अंकित मूल्य दश रुपैयाँ प्रति इकाई रहेको छ ।

२६ म्युचुअल फण्ड मध्ये सानिमा इक्विटी फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको मात्र बजार मूल्य अंकित मूल्य दश रुपैयाँ भन्दा माथि छ।

Prabhu
Crest

२६ म्युचुअल फण्ड मध्ये एनआइबीएल समृद्धि फण्ड- २ को इकाई मूल्य सबै भन्दा कम ७ रुपैयाँ ४० पैसा छ भने  सबै भन्दा धेरै बजार मूल्य भएको म्युचुअल फण्ड सानिमा इक्विटी फण्ड रहेको छ । फण्डको इकाई मूल्य १२ रुपैयाँ ४० पैसा रहेको छ ।

औसतमा ९ रुपैयाँ भन्दा पनि कम बजार मूल्य :
२६ म्युचुअल फण्डको औसत मुल्य ८ रुपैयाँ ७२ पैसा रहेको छ । प्रतिशतमा हेर्दा ८४ प्रतिशत भन्दा धेरै म्युचुअल फण्डको मुल्य अंकित मूल्य भन्दा कम छ ।

शेयर बजारको भर :
म्युचुअल फण्डको मुख्य लगानीको क्षेत्र भनेको शेयर बजार हो । त्यसपश्चात म्युचुअल फण्डहरुले केही रकम ऋणपत्र र मुद्दती निक्षेपमा पनि लगानी गरेको पाइन्छ । तर नेपाली म्युचुअल फण्डहरुले लगानी गर्ने मुख्य क्षेत्र दोश्रो बजारमा गिरावट आउँदा म्युचुअल फण्डहरुले पनि लगानीबाट नोक्सानी पाउनु परेको छ ।

नेप्से परिसूचक १ वर्ष अघि ३२०० को विन्दुसम्म पुगेकोमा अहिले २००० को विन्दु भन्दा तल आएको छ । यो एक वर्षको अवधिमा शेयरको मूल्य धेरै घटेकोले पनि म्युचुअल फण्डको खुद सम्पत्तिको मूल्यमा गिरावटसँगै लगानीकर्ताहरु आकर्षित नभएको पाइन्छ । फलस्वरूप अधिकांश म्युचुअल फण्डको बजार मूल्य अंकित मूल्य भन्दा कम छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS