IME Life
Beema Board

नेप्से २१ अंकले घट्यो, १ अर्ब १९ करोडको कारोबार हुँदा हिमालयन एभरेष्टको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजारमा गिरावट आएको छ । हिजो साताको दोस्रो दिन पनि घटेको बजार आज तेस्रो दिन पनि घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २१ दशमलव २२ अंकले घटेर १,९५१ दशमलव ७९ को विन्दुमा कायम भएको छ । आज म्युचुअल फण्ड बोहक सबै उपसूचक घटेका छन् ।

आज १४ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १७१ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २२७ वटा कम्पनीको ३२ लाख ९ हजार ९८३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको ९ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४२२ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, आज रिडी हाइड्रोपावर कम्पनीको ९ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावर कम्पनीको ८ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ५ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इनस्योरेन्स कम्पनीको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छनु् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ६८ प्रतिशतका दरले कमाएका हुन् । एनएमबि हाइब्रिट फण्ड एल १ का इकाईधनीले २ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले १ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । मन्दाकिनी हाइड्रोपावर एनआइसी एशिया ग्रोथ फण्ड लगायतका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै सानिमामाई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS