IME Life
Beema Board

एनआईबिएल एस क्यापिटलले पायो कोष व्यवस्थापकको अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेका एनआईबिएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्र्तगत कोष व्यवस्थापकको अनुमति प्राप्त गरेको छ । क्यापिटलले नेपालको पूँजी बजारमा विशिष्टीकृत लगानी कोष अन्र्तगत विभिन्न कोषहरु संचालन गर्ने उदेश्येका साथ नेपाल धितोपत्र बोर्डबाट उक्त अनुमति प्राप्त गरेको हो ।

विशिष्टीकृत लगानी कोष नियमावली २०७५ एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि कोष व्यवस्थापकले कोष दर्ताको प्रकृया अगाडि बढाउने छ र इकाई बिक्री मार्फत रकम संकलन गरी संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्रका कम्पनीहरुका शेयर तथा अन्य वित्तीय उपकरणहरुमा लगानी गर्नेछ ।

Prabhu
Crest

यसरी गरिएको लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गर्ने उदेश्य समेत क्यापिटलले राखेको छ । यसरी स्थापना भएको कोषले विभिन्न कम्पनीको शेयरमा लगानी गर्ने हुँदा, विषेशगरि साना तथा मझौला व्यवसायहरु तथा नवप्रवर्तनमा आधारित व्यवसायहरुलाई अत्यन्त लाभदायक हुने र समग्र नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न जाने आशा समेत ब्यक्त गरिएको छ ।
नवप्रवर्तनमा आधारित कम्पनी तथा व्यवसायीहरु नेपालको झन्झटिलो कर्जा प्रक्रिया, धितोको अपर्याप्तता तथा महंगो व्याज आदि कारणले गर्दा आफ्नो व्यवसाय विस्तार गर्न नसकेको अवस्थामा यस अनुमतिले नेपालमा लगानीको नँंया स्रोत स्थापित गरी उद्यमसिलताको प्रवद्र्धन हुने देखिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS