IME Life

बैदेशिक रोजगार बीमाको ५३ प्रतिशत बजार सन नेपालको कब्जामा, कुन कम्पनीको कति (सूचीसहित)

SPIL
NIC ASIA

काठमाडौं । बैदेशिक रोजगार बीमाको बजारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक्लैले ५३ प्रतिशत कब्जा गरेको छ । बीमा समितिले चालु आर्थिक वर्षदेखि बैदेशिक रोजगार बीमालेखको पुल खारेज गरे सँगै यस्तो बीमा व्यवसायमा सन नेपाल लाइफले बढि बजार ओगटेको हो ।

चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा बीमा ७ वटा जीवन बीमा कम्पनीले २४ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जस मध्ये सबैभन्दा धेरै सन नेपाल लाइफले १३ करोड ४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रो धेरै ज्योति लाइफले ४ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ भने तेस्रो धेरै सूर्या लाइफले ४ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ ।

Prabhu
Crest

साउन महिनामा मात्रै जीवन बीमा कम्पनीले ५९ हजार ६१२ वटा पोलिसी जारि गरेका छन् । हाल कुल सक्रिय रहेको बीमालेखको संख्या ८ लाख ७८ हजार ७७७१ वटा छ । जहाँ सक्रिय बीमालेख संख्या सबैभन्दा धेरै सन नेपाल लाइफको ५ लाख ४४ हजार छ ।

नेशनल लाइफको ५८ हजार ८४८ वटा छ । तर साउन महिनामा नेशनल लाइफले एउटा पनि पोलिसी जारी गरेको छैन । हाल जारी बीमालेखको बीमाङ्क रकम अर्थात कुल जोखिम एक खर्ब ७८ अर्बको बहन गरेको छ ।

समितिले बैदेशिक रोजगारीमा जाने कामदारको एकद्धार प्रणालीमार्पत म्यादी जीवन बीमा हुने गरी २०७५ माघ एक गतेदेखि पुल सञ्चालनमा ल्याएको थियो । तर पुल मार्फत व्यवसाय गर्दा कम्पनीहरुले समयमा लेखापरीक्षण गर्न नसकेको भन्दै केहि कम्पनीले विरोध गरे पछि यहि साउन एक गतेदेखि लागु हुने गरी पुल नै खारेज गरिदिएको थियो । तर सन नेपाल लाइफ यस पुलको झगडिया बनेपछि विवाद भएको हो ।

सन नेपाल लाइफले वैदेशिक रोजगार बीमालेखमा प्रभुत्व जमाएर बसेको थियो । बीमा कम्पनीहरु विचमा ५/५ वर्षमा पुल व्यवस्थापक परिवर्तन हुने सहमति थियो । तर सन नेपालले आफ्नो पुल व्यवस्थापकको समयावधि सकिनु अगाडी नै लफडा झिकेर पुल नै खारेज गर्न सफल भएको छ । यस सँगै कम्पनीको प्रथम बीमा शुल्क आर्जनमा पनि बृद्धि भएको छ । कम्पनीले साउन महिनामा १७ करोड ७० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS