IME Life

जीवन बीमा व्यवसाय नविकरणकै भरमा:  कुल बीमा शुल्कमा ८५ प्रतिशत हिस्सा, कसको कति (सूचीसहित)

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनी नयाँ व्यवसायमा भन्दा पनि नविकरण बीमा शुल्कमै सिमित हुन थालेका छन् । चालु आर्थिक वर्षको पहिलो महिनामा जीवन बीमा कम्पनीले १५ अर्ब ५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क आर्जनको हिस्सा जम्मा १५ प्रतिशत पनि छैन । जवकी नविकरण बीमा शुल्क आर्जनको हिस्सा ८५ प्रतिशत भन्दा माथि छ ।

साउन महिनामा जीवन बीमा कम्पनीले २ अर्ब २० करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । त्यस्तै नविकरण बीमा शुल्क आर्जन १२ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । सर्वाधिक धेरै बीमा शुल्क आर्जन गरेको नेपाल लाइफकै नविकरण बीमा शुल्कको हिस्सा ९०.१३ प्रतिशत छ । नेपाल लाइफले ४ अर्ब ७७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क ४७ करोड १३ लाख रुपैयाँ छ भने नविकरण बीमा शुल्क आर्जन चार अर्ब ३० करोड रुपैयाँ छ ।

Prabhu
Crest

एलआईसी नेपालको पनि नविकरण बीमा शुल्क आर्जन ९४ प्रतिशत छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनले एक अर्ब ८८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा नविकरण बीमा शुल्क एक अर्ब ७७ करोड छ भने प्रथम ११ करोड ३१ लाख रुपैयाँ छ ।

नेशनलको नविकरण बीमा शुल्कको हिस्सा ८१.५० प्रतिशत हुँदा प्रथम बीमा शुल्क आर्जन भने २९ करोड ८८ लाख रुपैयाँ छ । गएका वर्षमा प्रथम बीमा शुल्कमा आक्रमक युनियन लाइफको नविकरण बीमा शुल्कको हिस्सा ८६.६७ प्रतिशत छ । नविकरण तर्फ पाचौ स्थानमा रहेको एशियन लाइफले ६० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । जसको हिस्सा ८६.१६ प्रतिशत छ ।

राष्ट्रिय बीमा संस्थान लगभग नविकरण व्यवसायबाटै सञ्चालन भइरहेको छ । कम्पनीले ४५ करोड १७ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्दा प्रथम जम्मा ५ करोड तीन लाख मात्रै छ । सूर्या अन्यको तुलनामा प्रथम बीमा शुल्क आर्जनमा बढि आक्रमक देखिएको छ । कम्पनीको नविकरणको हिस्सा ७७ प्रतिशत मात्रै छ ।

नविकरण बीमा शुल्कमा सबैभन्दा कमजोर सन नेपाल रहेको छ । सन नेपाल सावधिक भन्दा पनि आवधिक किसिमको बैदेशिक रोजगार बीमालेखमा केन्द्रित छ । यस्तो व्यवसायले प्रथम बीमा शुल्क राम्रो देखिए पनि नविकरण तर्फ कमजोर रहन्छ । दीर्घकालमा जीवन बीमा कम्पनीहरुको ठुलो व्यवसाय प्रथम भन्दा पनि नविकरण तर्फ नै हुन्छ । गएका ५ वर्षमा आक्रमक देखिएका नयाँ तथा पुराना जीवन बीमा कम्पनीहरु त्यहि व्यवसायको जगमा टेकेर नविकरणमा रमाइरहेका छन् । अहिलेको नविकरण बीमा शुल्क विगतका वर्षको प्रथम भन्दा अधिक छ । तै पनि प्रथम बीमा शुल्क आर्जन आगामी वर्षको व्यवसायको आधार हो । यसको हिस्सा जति सानो हुन्छ भविष्यको व्यवसाय पनि विस्तारै खुम्चिदै जान्छ ।

बीमा समितिले ल्याप्सेस बढेको भन्दै बीमा कम्पनीहरुलाई यस्तो तथ्याङ्क घटाउन निर्देशन दिदै आएको छ । ल्याप्सेस घटाउन पनि बीमा कम्पनीहरु प्रथम भन्दा बढि नविकरणमा बढी फोकस छन् । उठ्न बाँकी बीमा शुल्कका लागि बीमितलाई सम्पर्क गर्नेदेखि लिएर नविकरण बीमा शुल्क भुक्तानीका लागि प्रोत्साहन गरिरहेका छन् । ल्याप्स बढ्नु भनेको हिजोका दिनमा प्रथम बीमा शुल्क आर्जनका लागि गरिएको खर्च खोलामा बगाउनु जत्तीकै हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS