IME Life
Beema Board

नेप्से परिसूचक सामान्य अंकले घट्दा ११२ कम्पनीको शेयर मुल्यमा बृद्धि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजारमा गिरावट नै आएको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ०८ अंकले घटेर १,९७२ दशमलव २९ को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मुल्य बढेको छ भने ७० कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ, ट्रेडिङ,उत्पादनमुलक,अन्य, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट उपसूचक घटेका छन् ।

आज दिनभरिमा २२५ कम्पनीको ३९ लाख ५५ हजार ८८६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ९१५ रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको ५ करोड ६५लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेष्डो समृद्ध लघुवित्तको ४ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ४ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव ५८ प्रतिशतका दरले कमाएका छन् । महुली लघुवित्तका लगानकिर्ताले ५ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS