IME Life

कारोवार रकम १ अर्बमा खुम्चेको दिन ठूला ब्रोकरको फ्लोरसिटले के देखायो ?

SPIL
NIC ASIA

काठमाडौं । मंगलवार हरितालिका तीजको दिन नेप्से परिसूचक सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक २ दशमलव ३३ को सामान्य अंकले वृद्धि हुँदा १ अर्ब १ करोडको मात्र शेयर खरिदबिक्री भएको छ । कारोवार रकम केही दिन देखि निरन्तर घट्दै गएको छ । आइतबार २ अर्ब माथिको शेयर कारोवार भएकोमा आज दुई कारोवार दिन पश्चात कारोवार १ अर्बमा झरेको छ ।  तीजको कारणले गर्दा पनि कारोवार कम भएको अनुमान लगाउन सकिन्छ ।

आज अन्य ब्रोकरको तुलनामा ब्रोकर नम्बर ५८ ले अलिक धेरै शेयर कारोवार  गरेको छ । ब्रोकर नम्बर ५८ बाट २१  कारोड ७५ लाखको शेयर कारोवार हुँदा दोश्रोमा सर्वाधिक कारोवार भएको ब्रोकर नम्बर ४५ बाट ९ करोड ७४ लाखको शेयर कारोवार भएको छ । यसरी हेर्दा पहिलो र दोश्रोको बिचमा निकै ठूलो अन्तर रहेको छ।

Prabhu
Crest

कारोवार रकम सुके पनि सर्वाधिक शेयर कारोवार गर्ने शिर्ष दुई ब्रोकरले भने बिक्री भन्दा खरिद धेरै गरेका छन् । ब्रोकर नम्बर ५८ बाट १० करोड ३५ लाखको शेयर बिक्री हुँदा ११ करोड ३९ लाख बराबरको शेयर खरिद भएको छ । त्यस्तै ब्रोकर नम्बर ४५ बाट ४ करोड ८३ लाखको शेयर बिक्री हुँदा ४ करोड ९१ लाखको शेयर खरिद भएको छ ।

शिर्ष ५ सर्वाधिक कारोवार गर्ने ब्रोकर मध्ये सुरुका दुईबाट खरिद धेरै भएको छ भने त्यस पछिको तीनमा धेरै बिक्री भएको छ । 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS