IME Life

बजार मूल्यमा नबिललाई पछ्याउदै एनआईसी एशिया, किन कम भयो दुरी ?

SPIL
NIC ASIA

काठमाडौं । अहिले नबिल बैंक सबै भन्दा धेरै मूल्य भएको वाणिज्य बैंक भए तापनि एनआईसी एशिया बैंकले नबिल बैंकलाई बजार मूल्यमा टक्कर दिँदै आएको छ । भाद्र १२ गतेको बजार मूल्य अनुसार नबिल बैंकको बजार मूल्य ७९३ रुपैयाँ ५० पैसा हुँदा एनआईसी एशिया बैंकको ६४६ रुपैयाँ १० पैसा छ । यसरी एनआईसी एशियाको भन्दा नबिल बैंकको बजार मूल्य २२ दशमलव ८१ प्रतिशतले धेरै छ । अहिले भने दुई बैंक बीच दुरी कम भएको हो । दुई वर्षको अवधिमा पुष १२ २०७८ मा एनआईसी एशिया बैंकको भन्दा नबिल बैंकको बजार मूल्य दोब्बर थियो । सो दिन एनआईसी एशिया बैंकको मूल्य ७४४ हुँदा नबिल बैंकको बजार मूल्य १४९९ थियो । त्यो समयमा नबिल बैंकको लाभांशको बेला थियो।

अहिले नबिल बैंकको मूल्य एनआईसी एशियाको भन्दा २२ प्रतिशत धेरै हुँदा यो दुरी १० असार २०७९ मा निकै कम थियो । १० असार २०७९ मा एनआईसी एशियाको शेयर मूल्य ६५९ हुँदा नबिल बैंकको जम्मा ७४० रुपैयाँ थियो ।

Prabhu
Crest

नबिललाई एनआईसी एशियाले बजार मूल्यमा दुरी कम गर्दै जानुमा केही महत्वपूर्ण कारण छन् । जस मध्येको एउटा कारण भनेको बोनस शेयर पछिको मूल्य समायोजन र शेयर सप्लाई हो । केही वर्ष यता नबिल बैंकको तुलनामा एनआईसी एशिया बैंकको बोनस शेयर कम रहेको छ । जस्तै आर्थिक वर्ष ७७/७८ मा नबिल बैंकले ३३ दशमलव ६० प्रतिशत बोनस दिँदा सो वर्ष एनआईसी एशियाले लाभांश नै दिएन । त्यस्तै आर्थिक वर्ष ७६/७७ मा नबिलले ३३ दशमलव ५ प्रतिशत बोनस शेयर दिँदा एनआईसी एशियाले १९ प्रतिशत बोनस दिएको थियो । मर्जरमा नगएको कारण र केही वर्ष यता अत्याधिक बोनस शेयर वितरण नभएको कारणले गर्दा एनआईसी एशिया बैंकको बजारमा शेयर सप्लाई कम देखिएको छ।

त्यस्तै एनआईसी एशिया बैंकले आर्थिक वर्ष ७७/७८ मा लाभांश दिन नपाउनु पनि अप्रत्यक्ष रुपमा एउटा कारण बनेको छ । नेपाल राष्ट्र बैंकले एनआईसी एशियालाई आर्थिक वर्ष ७७/७८ को लाभांश दिन रोक लगाएसँगै कम्पनीको त्यो आर्थिक वर्षमा कमाएको नाफा पुरै आफैले राख्यो जसको कारणले गर्दा कम्पनी आधारभूत रुपमा केही बलियो हुन् पुग्यो । कम्पनीको जगेडा कोष बलियो भयो ।

त्यस्तै अर्को कारण भनेको एनआईसी एशियाको आक्रमक व्यापार पनि रहेको छ । केही समय अघि एनआईसी एशियाको आक्रामक निक्षेप संकलन, आक्रामक कर्जा प्रवाह र आक्रामक शाखा विस्तारको समाचार आउँदा त्यसको मनोवैज्ञानिक असर पनि शेयर मूल्यमा परेको देखिन्छ ।

(यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS