IME Life
Beema Board

नेपाल लाइफको लिडरसिप एक्सिलेन्सी अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न, विशेष योगदान पुर्याउनेलाई सम्मान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले भदौ ५, ६ र ७ गते विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गरेको हो ।

Prabhu
Crest

कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्याकारी अधिकृत प्रविण रमण पराजुलीले उद्घाटन गरेका थिए । नेशनल सेल्स हेड उमापती पोखरेलका साथै सिइओ पराजुलीले विगका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समिक्षा गरेका थिए । उनिहरुले विगतको व्यवसायलाई समिक्षा गर्दै चालु आर्थिक वर्षमा कम्पनीले लिएका रणनीतिका विषयमा पनि जानकारी गराएका थिए ।

कार्यक्रमको उद्घाटन सत्र लगत्तै बैंकर तथा मोटिभेसन स्पिकर अनिल केशरी शाहले कार्यक्रममा उपस्थित सम्पुर्णमा मोटिभेसन प्रदान गरेका थिए । उनले आफ्नो ३२ वर्षे बैंकिङ अनुभवका साथ सबैलाई उत्प्रेरणा, हौसला प्रदान गर्दै आ-आफ्नो काम प्रति उत्साहित बनाएका थिए ।

कार्यक्रमको पहिलो दिनमै नेपाल लाइफले विशिष्ट योगदान पुर्याएका दुई जना अभिकर्तालाई जनही एक लाखका सहित विशेष सम्मान गरिएको थियो । नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको वोष्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जय सरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथामा नेपाल लाइफको झण्डा फहराउदै नेपाल लाइफको फरफराएको भन्दै सम्मान गरिएको छ ।

कोभिड १९ का कारण विगत तीन आर्थिक वर्षदेखि अभिकर्ताहरुको सम्मेलन हुन सकिरहेको थिएन । कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा टप ५० मा पर्नेहरुलाई चयन गरी सम्मेलनमा उपस्थित गराइएको थियो । कम्पनीले दोस्रो दिन ‘लिडरसिप एक्सिलेन्सी अवार्ड फाल्कन एयर २०७९/८०’ कार्यक्रम सम्पन्न गरेको थियो । जसमा सहभागी सम्पुर्ण अभिकर्ताहरुलाई सिल्ड तथा प्रमाणपत्र सहित सम्मान गरिएको कम्पनीका विनोद भुजेलले जानकारी दिए । उक्त समान्नित मध्ये प्रत्येक वर्ष पहिलो दोस्रो तेस्रो स्थान हासिल गर्ने अभिकर्ताहरुलाई नगद सहित सम्मान गरिएको थियो ।

प्रथम स्थान हासिल गर्नेलाई २ लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृतिय हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । यो दुबै क्याटागोरीमा अवार्ड पाउनेलाई पुरस्कित गरिएको हो । कार्यक्रममा सहभागीहरु मध्ये मदन भट्ट, देवी प्रसाद जैसी र रक्षा महराले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको तेस्रो दिनमा भने सहभागीहरुमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । जसमा विभिन्न खेलकुदका कार्यक्रम आयोजना भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS